आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०७५ बुधबार, ६ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ माघ २०७५ बुधबार, ६ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ माघ २३ गते बुधबार तद्अनुसार सन् २०१९ फरबरी ६ तारिख माघ शुक्लपक्ष द्वितीया तिथि धनिष्ठा नक्षत्र ८ः५ पर शतभिषा नक्षत्र वरियाण योग ९ः१४ पर परिघ योग बालब १६ः५३ पर तैतिल करण आनन्दादिमा मित्र योग । चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ६ः५० मा भयो र सूर्यास्त साँझ १७ः४७ मा हुनेछ । दुष्ट मुहूर्त ११ः५६ देखि १२ः४०, अशुभ समय राहु काल– १२ः१८ देखि १३ः४१, दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता भेट्नेछ । मान सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा रुचि बढ्ला ।

बृष राशि – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसँगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । विजयश्री मिल्नेछ ।

मिथुन राशि – भाग्योदय होला । बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीतसंगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ । भागदौड भैरहला । खेलकूदमा रुचि रहला । राजकाजमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट राशि – नियमकानूनलाई ध्यानमा राख्नु पर्नेछ । स्वास्थ्य र चोटपटकप्रति ध्यान राख्नुपर्नेछ । खर्च र भागदौडमा नियन्त्रण राख्नुपर्नेछ । इष्टमित्र प्रेमपात्र सन्तानको लागि अनुकूल रहनेछ । लाभदायक र उन्नतिकारक रहनेछ । रोकिएको धन प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । जोखिमप्रति सचेत भई काम गर्नु उचित हुनेछ ।

सिंह राशि – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । कर्मयोगी रहनु हुनेछ । सुख समृद्धि बढ्नेछ । मान बर्चश्व बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । हासविलासमा आकर्षण बढ्नेछ ।

कन्या राशि – साहसिक कर्ममा रुचि बढ्ला । यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला राशि – कुनै प्रकारको शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र एवम् सन्तान सुख बढ्ला । आमोदप्रमोदमा आकर्षण बढ्ला । नियमकानून पनि दाहिना हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि – मिठो भोजन खान पाउनुहुनेछ । साझेदारीको कार्यमा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । देखा परेको समस्याको समाधान मिल्नेछ । प्रसिद्धि फैलिनेछ । सुख सम्पन्नता वृद्धि हुनेछ । आरोग्यता बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

धनु राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

मकर राशि – आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित लाभ होला । दायित्वलाई पूरा गर्नु हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।

कुम्भ राशि – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन राशि – आँटसाहस बढ्ला । आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । सुख विलासको वस्तुमा खर्च बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । जोखिममा नपर्नु उचित हुनेछ । सवारी साधन सटासाट हुने र वस्तु हराउने डरप्रति ध्यान राख्नुपर्नेछ ।