आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०७५ शुक्रबार, ८ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०७५ शुक्रबार, ८ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सम्वत् ११३९ हेमन्त ऋतु वि.सं. २०७५ माघ २५ गते शुक्रबार तदानुसार सन् २०१९ फरवरी ८ तारिख माघ शुक्लपक्ष तृतीया तिथि ७ः४९ पर चतुर्थी तिथि पूर्वाभाद्रपद नक्षत्र १२ः५५ पर उत्तरा भाद्रपद नक्षत्र शिव योग १०ः०० पर सिद्धि योग वणि करण आनन्दादिमा ध्वांक्ष योग चन्द्रमा मीन राशिमा काठमाडौंमा सूर्योदय विहान ६ः४९ मा भयो र सूर्यास्त साँझ १७ः४८ मा हुनेछ । शुभ समय अभिजित– ११ः५६ देखि १२ः४०, अशुभ समय राहुकाल– १०ः५५ देखि १२ः१८, दिशा शूल–पश्चिम ।

आजको राशिफल :

मेष राशि – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हास–विलासमा रुचि बढ्ला । मान–सम्मानमा कमी आउने छैन । हुन तः घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । लोभलालचमा नपर्दा उचित रहला । योजना र बजेट बनाइ काम गर्नु बेस रहला । भुलचुक गरेमा भोलि पछुतोमा पर्नुपर्नेछ । लापर्वाही नगर्दा बेस रहला ।

बृष राशि – आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुख–शान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हरेक प्रकारले उत्थान होला ।

मिथुन राशि – कर्मस्थानमा चन्द्रमा भ्रमणशील छ । नयाँ–नयाँ सफलता मिल्नेछ । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै नयाँ सफलता पनि पाउनुहुनेछ । उच्च अधिकारीको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्वलाई पूरा गर्नु सँगै नयाँ दायित्वको पनि प्राप्ति होला । मनअनुकूल कार्य बनेर मन प्रसन्न हुनेछ ।

कर्कट राशि – ग्रहगोचर भाग्यवर्द्धक छ । शुभ कार्यमा सफलता मिल्नु सँगै विकासको काम पनि बन्नेछ । धर्मकर्ममा रुचि मिल्नु सँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मानका साथै ख्याति पनि फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ–नयाँ बाटो देखापर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागि पर्नुहुनेछ ।

सिंह राशि – चन्द्रमा राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहेको हुँदा कुनै प्रकारको जोखिममा नलाग्दा उचित हुनेछ । स्वार्थमा र चोटपटक लाग्ने कुराप्रति सचेत गर्नुपर्ला । नियम–कानुनलाई उपेक्षा गर्नु उचित हुनेछैन । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा नम्रता राख्नु बेस रहला । चोरी ठगी विश्वासघातीप्रति सचेत रहनुपर्नेछ । आगो पानी विस्फोटक आदिप्रति सचेत रहनुपर्नेछ ।

कन्या राशि – सुख–समृद्धि धन यश गर्नेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रजातिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख–सहयोग पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याती फैलिनेछ । सुख–शान्ति बढ्ला ।

तुला राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । अल्छ्याइँ नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

वृश्चिक राशि – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख–शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बलविवेकले काम गर्नु बेस रहला । विवाद आदिमा पार्नु उचित हुनेछैन । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आँखा चिम्लेर अरुमाथि भर पर्नु उचित हुनेछैन ।

मकर राशि – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख–शान्ति बढ्नेछ ।

कुम्भ राशि – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन राशि – राशिमा भ्रमणशील चन्द्रमाको प्रभावस्वरुप आरोग्यता पर्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ ।