साताको राशिफल (माघ २६–फाल्गुण ३ सम्म, फरवरी ९–१५ सम्म)

साताको राशिफल (माघ २६–फाल्गुण ३ सम्म, फरवरी ९–१५ सम्म)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको चाडपर्व :

आइतबार– श्रीपञ्चमी, वसन्त श्रवणम्, सरस्वती जयन्ती, रतिकाम पूजा, हल्सारो गर्ने । सोमबार–स्कन्द षष्ठी । मंगलबार– अचलाररथ सप्तमी, लगलाचुयके । बुधबार– अष्टमी व्रतम, गोरखकाली पूजा, भीष्माष्टमी, फाल्गुण संक्रान्ति, विश्व रेडियो दिवस । विहीबार– द्रोणनवमी, वैतडी गुजरवनारसी पूजा, अन्तर्राष्ट्रिय प्रणय दिवस । शुक्रबार– शल्यदशमी, स्मार्तहरूको भीमाएकादशी व्रतम् ।

साताको राशिफल :

मेष राशि – शनिबार र आइतबार मिश्रित फलदायक सावित हुनेछ । अन्नधन बढनेछ । मिठो भोजन मिल्नेछ । मान गौरव बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । केही मात्रामा खर्च लगानी पनि बढ्नेछ । सोमबार र मंगलबारतिर समस्या समाधानको नयाँ सम्भावना देखापर्ला । आँट उत्साह बढ्नेछ । धन यश मान महत्व बढ्ला । यात्रा होला । साथीभाइको सहयोग समर्थन मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । दुःख दूर होला । विवाद आदिमा नपर्नु उचित हुनेछ । बुधबार र विहीबारतिर प्रेममा सफल हुनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । अनावश्यक खर्च बढ्ने, ब्यर्थको यात्रा हुने, विवादमा परिने तथा धोखा आदिमा फसिने डरमा कमी आउनेछ । अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । वार्तामा सफलता मिल्नुसँगै आर्थिक प्रगति होला । शुक्रबारतिर इष्टमित्रसित भेटघाट हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । शत्रुमाथि विजय मिल्नेछ । सन्तति सुख बढ्नेछ । यात्रामा सफलता मिल्नेछ र ऐश्वर्य बढ्ला ।

बृष राशि– शनिबार र आइतबार सुख शान्ति बढ्ला । मान सम्मान बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । भोजभत्तेरमा सहभागी हुन पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । मान पुरस्कार प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापरेर आशा उत्साह बढ्नेछ । सोमबार र मंगलबारतिर खर्च बढ्ला । धनको आवागमन हुनेछ । भागदौड चलिरहला । बुधबार र विहीबारतिर समस्याको समाधान मिल्नेछ । कार्य बन्ने नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । सुख आनन्द बढ्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । शुक्रबारतिर शैक्षिक सफलतासँगै प्रेमपथमा पनि प्रगति हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । अरुको भर नपरी आफ्नै योजनानुसार काम गर्नु उचित रहनेछ । मित्रमिलन हुनेछ । सन्तान सुख बढ्ला । आर्थिक सुधार होला । मान पुरस्कार मिल्नेछ ।

मिथुन राशि – शनिबार र आइतबारतिर उन्नति–पदोन्नति हुनेछ । हाँसविलासमा आकर्षण बढ्नेछ । राजकीय कार्य बन्ला । यश बर्चश्व बढ्ला । उच्चाधिकारीको सहयोग मिल्नेछ । लापर्वाही गर्नु र भूलचूक गर्नु उचित हुनेछैन । सोमबार तथा मंगलबारतिर शुभ र भाग्यवर्द्धक काम हुनेछ । सुख शान्ति मिल्नेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान पुरस्कार प्राप्त होला । बुधबार र विहीबारतिर यश मान बढ्ला । धनधान्य बढ्नेछ । हासविलास, खेलकूद, भ्रमणमा आकर्षण बढ्नेछ । शुक्रबारतिर समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको साथ पाइनेछ । उत्साह बढ्ला । विजयश्री मिल्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला ।

कर्कट राशि – शनिबार र आइतबारतिर भागदौड भइरहला । खर्च बढ्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सोमबार र मंगलबारतिर आर्थिक पक्ष बलियो बन्नेछ । मान गौरब बढ्नेछ् । वार्तामा सफलता मिल्नेछ । धन यश मान पुरस्कार मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ । शुक्रबारतिर सुख समृद्धि बढ्नेछ । आफन्तको सहयोग मिल्ला । पारिवारिक शान्ति विकसित हुनेछ । यात्रापरक काम बन्नेछ । आरोग्यता वृद्धि हुनेछ । हासविलासमा आकर्षण बढ्ला ।

सिंह राशि – साताका पहिला दुई दिनमा काममा सफलता ठूलो कठिनाइले मिल्नेछ । सुख दायित्वमा बाधा आउला । भागदौडमा वृद्धि होला । ऐनकानूनलाई ध्यानमा राख्नु पर्ला । तेस्रो र चौंथो दिनमा खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । यात्रा होला । धर्म कर्ममा रुचि बढ्ला । खर्च बढ्नेछ । पाँचौं र छैठौं र दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख शान्ति बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन मिल्ने । अन्तिम दिनमा मान पुरस्कार प्राप्त होला । सुख शान्ति मिल्नेछ ।

कन्या राशि – साताका सुरुका दुई दिन अत्यन्तै शुभ सावित हुनेछ । यात्रा होला । मनोकूलको काम बन्नेछ । दायित्व बढ्नेछ । साझेदारीको कार्य बन्ला । आयस्रोत बढ्नेछ । विजयश्री मिल्नेछ । सुख आनन्द बढ्ला । तेस्रो र चौंथों दिनमा ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्य र चोटपटक लाग्नसक्ने कुरामा सचेत रहनुपर्नेछ । पाँचौं र छैठौंदिनमा शुभ हुनेछ । मनोकूलको काम बन्नेछ । भागदौड बढ्ला । हासविलासमा रुचि बढ्ला । योजनानुसार काम गर्नु उचित हुनेछ । यात्रा होला । सातौं दिनमा आर्थिक काम बन्ला । सुख सम्मान बढ्नेछ । मनोकूलको काम बन्नेछ ।

तुला राशि – शनिबार र आइतबार शुभकर रहनेछ । शारीरिक र आर्थिक काम बन्नेछ । आफन्तको साथ मिल्ला । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति विजय मिल्नेछ । सोमबार र मंगलबारमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा हुनेछ । मनोकूलको कार्य बन्नेछ । आय वृद्धि होला । मिठो भोजन मिल्नेछ । सुख आनन्द बढ्ला । बुधबार र विहीबारतिर जोखिममा पर्नु र लापर्वाही गर्नु उचित हुनेछैन । शुक्रबारको शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

वृश्चिक राशि – शनिबार र आइतबार हासविलासमा व्यतित होला । ऐनकानूनलाई तोड्नु र जोखिममा लाग्नु उचित हुनेछैन । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्ला । आमोद प्रमोदमा आकर्षण बढ्ला । सोमबार, मंगलबार र बुधवारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । विहीबार मनोकूलको काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । विजय मिल्नेछ । साझेदारीको कार्य पनि बन्नेछ । सुख आनन्द प्राप्त होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । शुक्रबार खर्च बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । कुनै पनि प्रकारको जोखिममा नपर्नु बेस होला ।

धनु राशि – साताका सुरुका दिनहरु लाभदायक उन्नतिवर्द्धक र सुखकारक सावित होलान् । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सोमबार र मंगलबारति इष्टमित्रको साथ मिल्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । बुधबार, विहीबार र शुक्रबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । हासविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । साझेदारीसित सम्बन्धित नयाँ काम बन्नेछ । रोकिएको काममा सफलता मिल्ला । मान महत्व बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । विजयश्री प्राप्त होला ।

मकर राशि – साताका सुरुका दुई दिनसम्म बौद्धिक र रचनात्मक काम बन्नेछ । धनसम्पत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । सुखको बस्तु बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । तेस्रो र चौंथो दिनमा विवाद आदिमा नपरी अरुको भर पनि नबसी आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । पाँचौं र छैठौं दिनमा स्वास्थ्यमा सुधार आउनेछ । प्रेमपथमा प्रगति हुनेछ । शैक्षिक र रचनात्मक काम बन्नेछ । सुख आनन्द प्राप्त होला । साताका अन्तिम दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ । महत्वपूर्ण कार्यमा आफ्नै बल र विवेकको उपयोग गर्नुपर्ला । कुनै पनि जोखिमको काममा नफस्नु उचित हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कुम्भ राशि– शनिबार र आइतबार भागदौड भैरहनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको र सन्ततिको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । मान पुरस्कार प्राप्त हुनुको साथै धनसम्पत्ति बढ्ला । साताका बाँकी दिनहरुमा सफलता र समृद्धि मिल्नेछ । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । बरु शुक्रबारको प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीन राशि – शनिबार र आइतबार सफलता कारक रहनेछन् । आरोग्यता बढ्नुको साथै सुख समृद्धि प्राप्त होला । मिठो भोजन खान पाइनेछ । रसरागमा रुचि बढ्ला । विवाद आदिमा नपरी अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ । सोमबार र मंगलबारतिर आफन्त मिलन हुनेछ । वार्तामा सफलता भेट्ला । मान पुरस्कार मिल्नेछ । आर्थिक प्रगति हुनेछ । शिक्षामा सफलता मिल्नेछ । सुख सन्तति बढ्ला । बुधबार र विहीबारतिर आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोकिएको काम बन्नेछ । विजयश्री मिल्नेछ । प्रेम पथमा प्रगति हुनेछ । शुक्रबारको सुख सम्पति बढ्नेछ । आरोगयता बढ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । विवाद र अरुको भरमा नपर्नु हितकर हुनेछ ।