रूपकी धनी सरिता कार्की गीत पनि मीठा गाउँछिन् । हाल यूएई बस्दै आएकी सरिताको नेपाली गीत/सङ्गीतसँगको नाता र प्रेम भने लामो छ । लामो समयदेखि गायन क्षेत्रमा सक्रिय सरिता आफू जहाँ भए पनि गीत/सङ्गीत क्षेत्रबाट टाढा रहन नसक्ने बताउँछिन् । यिनै सुन्दरी गायिकासँग गरिएको कुराकानीको अंश ।
० विदेश किन गएको ?
– यसका विविध कारण छन् ।
० खुलाउन मिल्दैन र ?
– कतिपय कुरा गोप्य राखेकै वेश । पछि विस्तारै खुल्दै जाला नि, अहिले नै किन हतार ?
० हालसम्म कति एल्बम आए बजारमा ?
– नौवटा ल्याइसकेँ ।
० कस्तो छ त लोकगीत/सङ्गीतको बजार ?
– राम्रै छ । कुनै नाफामा त कुनै घाटामा जान्छन् । यसै हिसाबले मेरो साङ्गीतिक यात्रा जारी छ ।
० नयाँ के आउँदै छ नि ?
– दोहोरीगीतको सङ्ग्रह ल्याउँदै छु । यसपटक अलि फरक र आधुनिक किसिमले आउने तयारीमा छु ।
० भनेपछि अब तहल्का मच्चाउने ?
– तहल्का त पहिलेदेखि नै मच्चाउन खोजेकी हुँ, अबचाहिँ साँच्चै मच्चेलाजस्तो छ ।
० बढी कस्तो खालका गीत गाउने गरिन्छ ?
– माया–प्रेमकै गीत/सङ्गीत हो नि ?
० गीत–सङ्गीतजस्तै माया–प्रेम पनि छ कि कसैसँग ?
– अहिलेसम्म त छैन । एकजनासँग होला जस्तो छ, हेरौँ उसले के भन्छ ।
० त्यो को हो नि, भन्न मिल्छ ?
– पहिले उसैको जवाफ कुरेकी छु ।
० उसले नाइँ भन्यो भने ?
– मलाई विश्वास छ– उसले नाइँ भन्दैन ।
० त्यत्रो विश्वास ?
– यो संसारै विश्वासमा अडिएको छ नि ।
० विदेशमा बसेर पनि गीत/सङ्गीतप्रति यत्रो लगाव किन ?
– मेरो नशा–नशामा गीत–सङ्गीत छ । जहाँ र जसरी रहे पनि गीत/सङ्गीतलाई बिर्सन सक्दिनँ ।
प्रतिक्रिया