आजको पञ्चाङ्ग एवम् राशिफल (४ फागुन २०७५ शनिबार, १६ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ फागुन २०७५ शनिबार, १६ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं.११३९ शिशिर ऋतु वि.सं.२०७५ फाल्गुण ४ गते शनिबार तद्अनुसार सन् २०१९ फेब्रुअरी १६ तारिख माघ शुक्लपक्ष द्वादशी तिथि आद्र्रा नक्षत्र १५ः३५ पर पुनर्वसु नक्षत्र प्रीति योग २१ः८ बब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मिथुन राशिमा, काठमाडौंमा सूर्योदय विहान ६ः४३ मा र सूर्यास्त साँझ १७ः५४ मा हुनेछ । शुभ योग अभिजित– ११ः५६ देखि १२ः४१ । अशुभ योग राहु काल– ९ः३० देखि १०ः५४ दिशा शूल– पूर्व । वैष्णवानां भीमा एकादशी व्रत, भीमद्वादशी, सन्याडुली, वटु (कान्तिपुरे) माघयात्रा ।

आजको राशिफल :

मेष राशि– दिन शुभ फलदायक रहला । भागदौड लागिरहला तर समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । सुख–समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।

बृष राशि– मान पुरस्कार मिल्नेछ । विकासको बाटो खुल्नेछ । नयाँ जोश जाँगर बढेर आउनेछ । आँट उत्साह बढ्नेछ । साझेदारीसम्बन्धी काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । ईष्टमित्रको सहयोग मिल्नेछ । सन्तति सुख बढ्नेछ । प्रेमपात्रसँग भेटघाट हुनेछ । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।

मिथुन राशि– धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट राशि– दिन शुभ र भाग्यवर्द्धक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । आनन्द बढेर आउनेछ । मनोकूलको काम बन्नेछ । विजयश्री मिल्ला । धन यश मान बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सहयोग मिल्ला ।

सिंह राशि– आय बढ्नेछ । भागदौड भैरहला । आमोदप्रमोदमा रमाउनुहुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्तति सुख बढ्नेछ । लगानी उठ्ला । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवरद्धक कार्यमा प्रवृत्ति त बढ्ला, तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

कन्या राशि– समय लाभदायक र उन्नतिकारक रहनेछ । सुख आनन्द बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । उन्नति पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । यश वर्चश्व बढ्ला । आँट उत्साहमा कमी आउने छैन साथै विकासको सम्भावना पनि देखापर्नेछ । केही बढी प्रयास र परिश्रम गर्नुपर्ला तर लागिरहेमा अवश्यमेव सफल हुनुहुनेछ । राजकीय कार्य बन्नेछ । हाकिमको सहयोग प्राप्त हुनेछ ।

तुला राशि– धर्मकर्ममा सफल हुनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नती पदोन्नती हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । इष्टमितको सहयोग मिल्नेछ । दायित्वलाई पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्त होला । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

वृश्चिक राशि– शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । खोज अनुसन्धान तन्त्रमन्त्रमा आकर्षण बढ्ला । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । जोखिममा पर्नु र अरुको भरमा नबस्नु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द बढ्नेछ । लापर्वाही न गर्नु हितकर रहला ।

धनु राशि– साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

मकर राशि– आर्थिक कार्यमा सफलता मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ राशि– आरोग्यता बढ्ला । धन सम्पत्ति बढ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । उधारो उठ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रचनात्मक र शैक्षिक काम बन्नेछ । प्रेमको क्षेत्रमा पनि सफलता मिल्नेछ । कार्य बन्ला । दायित्वलाई पूरा गर्नुको साथै थप नयाँ दायित्व प्राप्त होला ।

मीन राशि– शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । वौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्दक बढ्नेछ । साथीभाइको सहयोग बढ्नेछ । बोली र व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नु हुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । खर्च पनि होला । आफ्नै बल विवेकले काम गर्नु हीतकर हुनेछ ।