साताको राशिफल (४–१० माघ २०७५, सन् २०१९ फेब्रुअरी १६ देखि २२ तारिखसम्म)

साताको राशिफल (४–१० माघ २०७५, सन् २०१९ फेब्रुअरी १६ देखि २२ तारिखसम्म)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको चाडपर्व :

शनिबार– वैष्णवानां भीमाएकादशीव्रतम्, भीमद्वादशी, आइतबार– प्रदोषव्रतम्, सौभाग्यशूर्पदानम । सोमबार– पशुपतेच्छायादर्शनम् । मंगलबार– पूर्णिमाव्रतम्, माघस्नानरयात्रा, स्वस्थानीव्रतपूर्ति, सिपुन्ही, झापामा किचक बध मेला, राष्ट्रिय प्रजातन्त्र दिवस । बुधबार– विश्व सामाजिक न्याय दिवस, विहीबार– अन्तर्राष्ट्रिय मातृभाषा दिवस ।

साताको राशि फल :

मेष राशि –
शनिबार आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । धन सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्नेछ । लगानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । भागदौड लागिरहला । सुख–सुविधाको वस्तु किन्नमा खर्च गर्नुहुनेछ । आइतबार, सोमबार र मंगलबारतिर भागदौड र व्यस्तता रहला, विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । बुधबार र विहीबारको शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको साथ पाइनेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु बेस होला । सुख–विलासमा पनि रुचि बढ्ला । शुक्रबार यात्रा होला । धर्मकर्ममा प्रवृत्ति बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्थिक पक्ष सबल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा सहभागी हुनुसँगै मान पुरस्कार पनि मिल्नेछ । सुख शान्ति गौरव बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

बृष राशि –
साताका प्रारम्भिक चार दिन लाभदायक र अन्नधनवर्द्धक रहनेछन् । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आँट साहस पराक्रम बढ्नेछ । पाँचौँ र छैठौँ दिनमा घुमफिर गर्नुहुनेछ । हासविलासमा आकर्षण बढ्नुको साथै सुखसुविधाको वस्तु बढ्नेछ । बढी खर्चमाथि नियन्त्रण राखेर योजना बजेट बनाई कार्य गर्नु हितकर रहला । धन सम्पत्ति बढ्नुको साथै साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । भोगविलासको प्रवृत्ति बढ्ला । अन्तिम दिनमा चन्द्रमा पाँचौँ घरमा भ्रमणशील रहला । शुभ काममा सफलता मिल्नेछ । मान महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन खान पाउनुसँगै धर्मकर्ममा पनि आकर्षण बढ्ने । रोगबाट छुटकारा मिल्नेछ । सन्तति सुख बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन राशि –
साताको प्रारम्भिक चार दिनमा रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सरकारी क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै उच्चाधिकारीको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । पाँचौँ र छैठौँ दिनमा आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोत्तरी हुनेछ । यात्रा होला । आशा उत्साह बढ्ला । सातौँ दिनमा खर्च बढ्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । धनको लगानीप्रति सचेत रहनु पर्नेछ । लापर्वाही नगरी योजना बनाइ काम गर्नु उचित रहनेछ, तथापि आरोग्यता र धन सम्पत्ति बढ्नेछ । विवादमा नपरे बेस रहला ।

कर्कट राशि –
साताका प्रारम्भिक त्यति अनुकूल हुने देखिँदैन । दोस्रो, तेस्रो र चौंथो दिन शुभ र सफलतादायक रहनेछन् । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । पाँचौं दिनमा कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक पक्षसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश बर्चश्वमा वृद्धि हुनेछ । हाकिमको साथ मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त होला । छैठौँ र सातौँ दिनमा आयस्रोत बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ ।

सिंह राशि –
साताका प्रारम्भिक दिनमा यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनुहुनेछ । धर्मकर्ममा प्रवृत्त रहनुहुनेछ । मान पुरस्कार प्राप्त होला । आय वृद्धि होला । लगानी उठ्नेछ । दोस्रो, तेस्रो र चौथो दिनमा अनावश्यक खर्च र यात्रा हुने सम्भावना रहनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । पाँचौं, छैठौँ र सातौँ दिनमा कर्म पथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला ।

कन्या राशि – साता शुभ र सफलताकारक रहनेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । अन्तिम दिन शुक्रबारको भागदौड व्यस्तता रहला । अनावश्यक यात्रा र खर्च बढ्ने सम्भावना रहनेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विवादमा लाग्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

तुला राशि – साताको आरम्भिक दिनमा खर्च बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु उचित होला । बाँकी दिनहरु समय धन यश मान महत्ववर्द्धक रहनेछन् । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ । संयम र विवेकले काम गर्नु बेस रहला ।

वृश्चिक राशि –
साता अत्यन्तै शुभ छ । प्रारम्भिक दिनमा बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सम्पति बढ्नुसँगै प्रेमको पथमा प्रगति होला । इष्टमित्र र सन्तान सुख बढ्नेछ । मध्यतिर आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । अन्तिम दिनहरूमा सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

धनु राशि –
साताका प्रारम्भिक तीन दिनमा देखा परेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला । अरुमाथि बढि भर नपरी आफ्नै बल विवेकले काम गर्नु उचित रहला । विवाद आदिमा नपर्नु बेस रहला । चौथो र पाँचौँ दिनमा पारिवारिक सुख शान्ति बढ्नुसँगै इष्टमित्रसित पनि राम्रो रहनेछ । कला, साहित्य, गीत–संगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । छैठौँ र सातौँ दिनमा आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मकर राशि –
साताको शुरुवाती तीन दिन शुभ र सफलतादायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख–शान्ति बढ्नेछ । यात्रा होला । आँट पराक्रम बढ्नेछ । इष्टमित्रको सहगोग प्राप्त होला । चौथो र पाँचौँ दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला तर परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । मान महत्व बढ्नुसँगै ख्याति फैलिनेछ । छैठौँ र सातौँ दिनतिर मित मिलन हुनेछ । प्रेममा सफलता मिल्ला । सुख शान्ति मिल्नेछ । आर्थिक र रचनात्मक कार्य पनि बन्नेछ। ।

कुम्भ राशि –
साताको आरम्भिक दिनमा नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । यसपछिका दुई दिनमा बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सभा समारोहमा मान पुरस्कार प्राप्त होला । चौथो र पाँचौँ दिनमा यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काम साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । छैठौँ र सातौँ दिनमा भागदौड चलिरहला । आयस्रोत बढ्नेछ । लगानी उठ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । कार्यमा सफलता त मिल्ला तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ ।

मीन राशि –
साता अत्यन्तै शुभ र भाग्यवर्द्धक छ । मान यश सुख समृद्धि बढ्नेछ । यश बर्चश्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । आर्थिक वार्तामा सफलता मिल्ला । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । अन्तिमतिर विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । कार्यव्यपारमा सफलता मिल्नुसँगै सुख ऐश्वर्य पनि वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीहरुको सहयोग समर्थन मिल्नेछ ।