आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०७५ आइतबार, १७ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०७५ आइतबार, १७ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण ५ गते रविबार तद्अनुसार सन् २०१९ फरवरी १७ तारिख माघशुक्लपक्ष त्रयोदशी तिथि पुनर्वसु नक्षत्र १४ः१३ पर पुष्य नक्षत्र आयुष्मान् योग १८ः१३ पर सौभाग्य योग कौलव करण १५ः३९ पर गर करण आन्दादिमा ध्वज योग चन्द्रमा मिथुन राशिमा बिहान ८ः३४ पर कर्कट राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा र सूर्यास्त साँझ १७ः५५मा हुनेछ । प्रदोषव्रतम्, सौभाग्यशूर्पदानम् । शुभ समय अभिजित– ११ः५६ देखि १२ः४१, अशुभ समय राहुकाल– १६ः३२ देखि १७ः५६, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि– खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हासविलासमा पनि रुची बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तुमा धन खर्च हुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । भूलचुक गरेमा बोली पश्चाताप गर्नुपर्ला । कुनै महत्वपूर्ण वस्तु हराउने, ठगिने डर पनि रहनेछ । संयम, विवेकपूर्वक योजना र बजेट बनाई कार्य गर्नु बेस रहला ।

बृष राशि – अन्नधन वृद्धि होला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – चन्द्रमा राशिदेखि धन स्थानमा भ्रमणशील भएको हुँदा प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ मिल्नेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मनअनुकूल कार्य बनेर मन प्रशन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ ।

कर्कट राशि – समय शुभ र भाग्यवर्द्धक छ । धर्मकर्ममा रुची बढ्नुसँगै तीर्थयात्रा पनि गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । आरोग्यता बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । दूरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुखशान्ति बढ्नेछ ।

सिंह राशि – चन्द्रमा बाह्रौँ स्थानमा भ्रमणशील भएको हुँदा कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ । शारीरिक र आर्थिक जोखिमको कार्यमा सचेत रहनु पर्ला । नियम कानुनलाई उपेक्षा गर्नु, लोभलालचमा परेर कार्य गर्नु उचित हुनेछैन । भुलचुक हुनसक्ने कुराप्रति सचेत रहनुपर्ला ।

कन्या राशि – आय स्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भोजन पाउनुहुनेछ । जीवनसाथीको सहयोग मिल्नेछ । रस–विलासमा रुची बढ्नेछ । ख्याती फैलिनेछ । धन सम्पत्ति बढ्नेछ ।

तुला राशि – स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित गर्ने क्षमता बढ्नेछ । राजकीय कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।

वृश्चिक राशि – शुभ काममा सफलता पाउनुहुनेछ । भाग्योदय हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख वृद्धि होला । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । प्रेम मिलन हुनेछ ।

धनु राशि – भागदौड चलिरहनेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । हासविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला ।

मकर राशि – साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ राशि धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ ।

मीन राशि – समय शुभ भाग्यवर्द्धक छ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुटकारा पाउनुहुनेछ ।

साताको राशि पनि हेर्नुहोस् –

साताको राशिफल (४–१० माघ २०७५, सन् २०१९ फेब्रुअरी १६ देखि २२ तारिखसम्म)
https://ghatanarabichar.com/138012