अब वर्षा थापाको चर्चा स्वदेशमा मात्र होइन विदेशमा पनि व्यापक रूपमा हुन थालेको छ । फेसन दुनियाँमा उनी अहिले अमेरिकाको न्युयोर्कमा उत्कृष्ट मोडलको रूपमा चिनिएकी छिन् । सन् २०१२ देखि न्युयोर्कमा व्यावसायिक फेसन मोडलिङ सुरु गरेकी वर्षाले विद्यालयको अध्ययन भने भारतमा सकाएकी हुन् । भारतमा होटल म्यानेजमेन्ट ग्य्राजुयट गरेकी वर्षा त्यसपछि न्युयोर्क पुगेकी थिइन् । २०१२ देखि अहिलेसम्म निरन्तर रूपमा फेसन मोडलिङमा सक्रिय वर्षाकी आमा रमिला थापा भने नेपालमै बस्छिन् । ‘छोरीको सफलताले दङ्ग छु म । नेपाल र नेपालीको नाम चलाइन् उनले,’ रमिला भन्छिन् ।
वर्षा यतिबेला न्युयोर्कको हिल्मेनिया मोडलिङ एजेन्सीसँग आबद्ध छिन् । २२ वर्षीया यी नेपाली युवतीले न्युयोर्क फेसनविक र पेरिस फेससनविकलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो दह्रो उपस्थिति जनाइसकेकी छिन् ।
सोनिकाले गाइन् भूकम्पको गीत
भूकम्पका कारण यतिबेला हरेक क्षेत्र प्रभावित छ । अनि यस्ता प्रभाव परेका व्यक्ति वा स्थानहरूमा सक्ने क्षमताअनुरूप सबैले सहयोग पनि गरिरहेका छन् । सहयोगी हातहरू निरन्तर रूपमा बढिरहेको अवस्थामा गायिका सोनिका लामाले भने जनचेतनामूलक र शिक्षाप्रद गीत गाएर ‘वाह’ गर्न लायकको काम गरेकी छिन् ।
यसै साता यो गीतको म्युजिक भिडियाोे पनि भूकम्पबाट भत्किएका भग्नावशेषहरूमा गएर छायाङ्कन गरिएको छ भने गीतको भिडियो पनि सार्वजनिक भएको छ ।
‘हेर्दा हेर्दै छोरो
पनि पुरियो
छोरी पनि पुरिई
बचाइदेऊ दैव भनी
हारगुहार गरेँ…
निकै मार्मिक, संवेदनशील र सरकारलाई घचघच्याउने प्रस्तुति गीतमा सोनिका लामाले गायक विशाल सिंहसँग मिलेर एउटा सर्जकले गर्नुपर्ने कर्तव्य पूरा गरेकी छिन् । गीतमा शब्द र सङ्गीत विशाल सिंहको रहेको छ । ‘जीवनमा रोमान्स, माया र प्रेमका थुपै्र गीतहरू गाइयो तर यस्तो शिक्षाप्रद र संवेदनशील गीत गाएकी थिइनँ । जीवनमा ज्यादै उत्कृष्ट काम गरेकोजस्तो लागेको छ,’ उनले भनिन् ।
पीडतलाई सुमनको सहयोग
यतिबेला भूकम्प पीडित नेपालीका लागि अन्य क्षेत्रबाटजस्तै नेपाली कलाकारिता क्षेत्रबाट पनि सहयोगी हातहरू बढ्ने क्रमले तीव्रता पाइरहेको छ । यसै क्रममा आफू पारिवारिक शोकमा डुबका भएपनि समाजसेवी एवम् चलचित्र निर्माता सुमन विष्टले भूकम्पपीडितका लागि राहत बाँडेर सहयोग गर्ने कार्यलाई अघि बढाएका छन् । ‘मेरी दिदी पिंगला केसीको घर भत्केर निधन भयो तर पनि आफ्नोभन्दा अरूको दुःख ठूलो ठानेर म सहयोग गर्नतिर लागेँ,’ उनले भने ।
स्वयम्भू निवासी ३६ वर्षीया पिंगलाको घर भत्किएर गत १२ गते निधन भएको थियो भने सुमनले कान्जीसेवा मिडियामार्फत् सहयोगको काम अगाडि बढाएका हुन् । उनले काभे्र र सिन्धुपाल्चोक जिल्लाको पातलीखेत र सुवेदीगाउँमा रहेका भूकम्पपीडितका लागि सरकारी राहत नपुग्दै त्रिपाल, चिउरा, चामल, पानी र औषधिलगायतका सामग्री सहयोग गरेका थिए । यसैबीच उनले विदेशमा रहेका आफन्त र साथीभाइबाट सहयोग आउँदै गरेको र ती सहयोग–सामग्री पनि चाँडै वितरण गरिने जानकारी दिएका छन् ।
प्रतिक्रिया