आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०७५ सोमबार, १८ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०७५ सोमबार, १८ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्त ऋतु विरोधकृत नामक सम्बत्सर वि.सं.२०७५ । फाल्गुण ६ गते सोमबार तद्अनुसार सन् २०१९ फेब्रुअरी १८ तारिख माघ शुक्लपक्ष चतुर्दशी तिथि पुष्य नक्षत्र १२ः३९ पर अश्लेषा नक्षत्र सौभाग्य योग १५ः९ पर शोभन योग गर करण १३ः२३ पर भद्रा करण आनन्दादिमा धाता योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः४१ मा र सूर्यास्त साँझ १७ः५६ मा हुनेछ । आज पशुपतेच्छायादर्शन छ । शुभ समय अभिजित–११ः५५ देखि १२ः४१ राहु काल– ८ः४ देखि ९ः२९ दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर मिश्रित फलदायक छ । भागदौड लागि रहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक जोखिममा नपर्दा बेस रहला । अरुको भर नपर्दा उचित हुनेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्ला । यात्रासित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । विवादमा नपर्नु उचित होला ।

बृष राशि – सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – सुख आरोग्यता बढ्ला । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ ।

कर्कट राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य सफल होला । इष्टमितको सहयोग प्राप्त होला । सुख आनन्दमा वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त होला । विजयश्री मिल्नेछ । आरोग्य बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य विकसित हुनेछ ।

सिंह राशि – ग्रहगोचर मिश्रित फलदायक रहला । भागदौड र खर्चप्रति सचेत रहनुपर्नेछ । विवादमा नपर्दा उचित हुनेछ । कुनै प्रकारको विश्वासघात नहोस् भनेर सचेत रहनुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला ।

कन्या राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला राशि – धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक राशि – शुभ र भाग्यवर्द्धधक काम बन्नेछ । उन्नति–पदोन्नति बढ्ला । धर्मकर्ममा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ ।

धनु राशि – भय भ्रम खर्च बढ्ला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यमा र चोटपटक लाग्न कुरामा सचेत रहनुपर्नेछ । हासविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर राशि – अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला ।

कुम्भ राशि – कार्यमा सफलता प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्वको पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सौभाग्य बढ्नेछ । दूरदेशको यात्रा होला । धर्मकर्ममा रुचि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला ।