साढे आठ केजी चरेससहित अभियुक्त पक्राउ

साढे आठ केजी चरेससहित अभियुक्त पक्राउ


लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर (काठमाडौं)बाट खटिएको प्रहरी टोलीले काठमाडौंका नारायणलाल श्रेष्‍ठलाई साढे आठ केजी चरेससहित पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ब्युरोले ४२ वर्षीय श्रेष्ठलाई भत्केकोपुलबाट पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ ।