प्याराग्लाइडिङ दुर्घटनामा पाइलट गम्भीर घाइते

प्याराग्लाइडिङ दुर्घटनामा पाइलट गम्भीर घाइते


पोखरामा हिजो (शनिबार) प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलट गम्भीर घाइते भएका छन् । दुर्घटनामा ललितपुर महानगरपालिका–७ बागडोलका २९ वर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ ।

सोलो पाइलट मैनाली पोखरा–१८ साराङ्कोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

गम्भीर घाइते भएका मैनालीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

symbolic pic: google