आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फागुन २०७५ सोमबार, २५ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फागुन २०७५ सोमबार, २५ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण १३ गते सोमबार तद्अनुसार सन् २०१९ फेब्रुअरी २५ तारिख फाल्गुण कृष्णपक्ष षष्ठी तिथि १०ः५३ पर सप्तमी तिथि विशाखा नक्षत्र ध्रुव योग भद्रा करण आनन्दादिमा मित्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ६ः३५ मा भयो र सूर्यास्त साँझ १८ः०१ मा हुनेछ । शुभ समय अभिजित–११ः५४ देखि १२ः४०, राहु काल– ७ः५९ देखि ९ः२५, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – चन्द्रमा सातौँ घरमा भ्रमणशील रहनेछ । फलस्वरुप बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । धनसित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । घर–परिवारमा सुखशान्ति बढ्नेछ । जीवनसाथीको सहयोग–समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । आय वृद्धि हुनेछ । मनोकुलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।

बृष राशि – आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । शुभता बढ्ला ।

मिथुन राशि – आज चन्द्रमा पाँचौँ स्थानमा भ्रमणशील हुनेछ । हासविलासमा आकर्षण बढ्नेछ । कुनै बस्तुको सुख प्राप्त हुनेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्ला । प्रेममा सफलता प्राप्त होला । सन्तान सुख बढ्ला । इष्टमित्रको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

कर्कट राशि – धन सम्पति बढ्ला । आयस्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुखशान्ति बढ्नेछ । कार्यमा सफलता मिल्नुको साथै पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । कुनै प्रकारको रिस्की कार्यमा लाग्नु उचित हुनेछैन । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

सिंह राशि – यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साहमा बढोत्तरी हुनेछ । नयाँ सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग समर्थन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । आनन्दित रहनुहुनेछ ।

कन्या राशि – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धि र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको माया ममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।

तुला राशि – भोगविलासमा आकर्षण बढ्नेछ । मनोकुलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीत–संगीत आदि कार्यमा सफलता मिल्नेछ । प्रेमपथमा सफल हुनुसँगै पारिवारिक सुख शान्ति पनि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्नेछ । सुख शान्तिमा वृद्धि होला ।

वृश्चिक राशि – लगानी बढ्नेछ । भागदौड बढ्ला । आरोग्यताप्रति ध्यान राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । खर्चप्रति नियन्त्रण राख्दै योजना र बजेट बनाएर काम गर्नु उचित हुनेछ ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी भेटिनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर राशि – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । राजकीय काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ राशि – चन्द्रमा भाग्यघरमा भ्रमणशील होला, फलस्वरुप शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख आनन्द आरोग्यता धन मान महत्व बढ्नेछ । यात्रा होला । धर्मकर्ममा रुचि बढ्ला ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यताप्रति ध्यान दिनुपर्नेछ । भागदौड बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । यात्रासम्बन्धी काम कठोर मिहीनेतले बन्नेछ । चोटपटकप्रति सचेत रहनुपर्नेछ । तथापि कुनै प्रकारको लापर्वाही गर्नु नियमकानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन ।