पौने दुई करोड धरौटीमा छुटे पप्पु कन्स्ट्रक्सनका मालिक

पौने दुई करोड धरौटीमा छुटे पप्पु कन्स्ट्रक्सनका मालिक


बबई नदीमा निर्माण गरेको पुल केही महिनामै भत्किएपछि चर्चामा आएका पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायणप्रसाद रौनियार भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा भएका छन् । निलम्बित सांसद रहेका रौनियार १ करोड ७५ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

गत १९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र उनका छोरा सुमित रौनियारविरुद्ध जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले १ करोड ७५ लाख मात्र धरौटी मागेपछि सो बुझाएर उनी रिहा भएका हुन् ।

हिजो आइतबार छोरा सुमितसहित रौनियार विशेष अदालतमा उपस्थित भएका थिए । हाल पप्पु कन्स्ट्रक्सनको स्वामित्व छोरा सुमितको नाममा रहेको र सुमितलाई पनि एक करोड ७५ लाख नै धरौटी माग गरिएको विशेष अदालतले जनाएको छ ।