६७ पेटी कमसल मदिरा नष्ट

६७ पेटी कमसल मदिरा नष्ट


अछामको मेल्लेख गाउँपालिकामा स्थानिय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ । बरदादेबी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा नं ७ नन्देगडामा बरामद गरिएको थियो ।

करिब रु दुई लाख ५० हजार मुल्य बराबरको मदिरा अवैध रूपमा लग्दै गरिएको बताइएको छ । मदिरा नियन्त्रणमा सक्रिय नन्देगडाको श्रृजनशिल महिला सञ्जालको सक्रियतामा मेल्लेख प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको थियो ।

यसअघि गाउँमा मदिरा नियन्त्रणमा निकै सक्रिय रूपमा लागेको सो संजालले मदिरा सेवन तथा बिक्री वितरण तथा ओसारपारमा निगरानी गरिरहेको अध्यक्ष निर्मला खड्काले बताइन् । मदिरा विरुद्ध कडाई गरिरहेको गाउँपालिकाले मेल्लेख प्रवेश गर्ने क्षेत्रमा युवा परिचालन गरेर भए पनि अवैध मदिरा कारोबारलाई निरुत्साहित गरिने र नियमविपरित कार्य गर्ने जो कोहीलाई पनी कडा कारबाही गरिने अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए ।

pic: rss