नेपालमा ढुक्क भएर लगानी गर्न नेता भूषालको आग्रह

नेपालमा ढुक्क भएर लगानी गर्न नेता भूषालको आग्रह


नेपालमा लगानी सम्मेलन नजिंकिदै गर्दा विदेशी लगानीकर्ताहरुको चासोपनि बढ्न थालेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता एवं महासमिति प्रतिनिधी दामोदर भूषालले चीनको राजधानी बेईजिङ्गमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा उचित वातावरण रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

करिव एक दर्जन चिनियाँ लगानीहरुकर्ताहरु संलग्न अन्र्तक्रियामा नेता भूषालले नेपालको समग्र राजनीतिक, आर्थिक एवं वातावरणीय अवस्थाको वारेमा तथ्याङ्कसहित जानकारी गराउँदै विना हिच्किचावट लगानीको लागि तयार हुन आग्रह गरे । आधुनिक एवं जैविक कृषि प्रणाली, पर्यटन, जलविद्युत् आयोजना, पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रलगाएत विभिन्न क्षेत्रहरुमा लगानीको वातावरण रहेकोले यसतर्फ सोच्न उनले आग्रह गरे ।

चीनमा करिव ३० करोड बौद्धमार्गी रहेको जानकारी आफूले पाएको बताउँदै उनले भगवान बुद्धको जन्मस्थल नेपालको लुम्विनीमा व्यापक पूर्वाधार विकाससहित चिनियाँ पर्यटक आकर्षित गर्नसकिने सम्भावना रहेको जानकारी दिए ।

अहिले सरकार एवं सबै राजनीतिक दलहरुले विकासको मुद्धालाई प्राथमिकतामा राखेको जानकारी गराउँदै लगानीको प्रत्याभूति, कानुनी आधार, सुरक्षा जस्ता आवश्यकिय विषयहरुमा कुनै जटिलता नभएको नेता भूषालले लगानीकर्ताहरुलाई आश्वस्त पारे । नेपालमा जैविक कृषि प्रणाली विकासको व्यापक सम्भावना भएकोले नेपालमा उत्पादित वस्तुहरुको ठूलोरुपमा वाह्रय बजार रहेको उनले बताए ।

जैविक कृषि प्रणालीको क्षेत्रमा केही प्रगती भएपनि माग ठूलो रहेकोले यसतर्फ वाह्रय लगानीकर्ताको सहयोगमा उच्चमात्रामा लगानी बढाउन सके लगानीकर्तादेखि, ग्रामिण जनसमुदाय र नेपालको राष्ट्रिय अर्थतन्त्रमासमेत ठूलो टेवा पुर्याउने उनले बताए ।

अन्र्तक्रियामा चिनियाँ लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरण, कानुनी जटिलता, सुरक्षाजस्ता विषयहरुवारे नेता भूषालसमक्ष जिज्ञासा राखेका थिए । जवाफमा नेता भूषालले यी सवै विषयहरु सम्वोधन भईसकेकोले सरकार लगानी सम्मलेन गर्न जुटेको बताउँदै केही जटिलता देखापरे आफूले व्यक्तिगतरुपमा पनि तत्काल सम्वोधन गर्न कुनै कसर वाँकी नराख्ने उनले स्पष्ट पारे । नेता भूषाल हाल बेईजिङ्गस्थित पेकिङ्ग विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन् ।