बालिकालाई बलात्कार गर्ने पक्राउ

बालिकालाई बलात्कार गर्ने पक्राउ


मादक पदार्थ सेवन गरी ११ वर्षीया बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

घोराही उपमहानगरपालिका-१८ अम्बापुर बस्ने ३१ वर्षीय सुनिल थापाले सोमबार (१३ फागुन) विहान ४ बजे मादक पदार्थ सेवन गरी बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो ।

अभियुक्त थापामाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ । ।