आगलागीमा बहिनीको मृत्यु, दिदी घाइते

आगलागीमा बहिनीको मृत्यु, दिदी घाइते


डडेल्धुराको आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन् ।

मंगलबार राति करिब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौं लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन ।