पृतनापति बैठक कठमाडौंमा शुरु

पृतनापति बैठक कठमाडौंमा शुरु


‘पृतनापति समन्वयात्मक बैठक २०७५’ बुधबारदेखि कठमाडौंमा शुभारम्भ भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा दुई दिनसम्म चल्ने बैठक शुभारम्भका अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा रक्षा मन्त्रालयका पदाधिकारीको उपस्थिति थियो । बैठकमा प्रधानसेनापति, पि.एस.ओज रथीवृन्द तथा पृतनापति सहभागी थिए ।

सो अवसरमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पु¥याउँदै आएको योगदान सराहनीय रहेको बताए । उनले भने, ‘राष्ट्रिय विकास निर्माणमा पु¥याएको योगदानको समेत उच्च मूल्याङ्कन गर्दछु, नागरिक सेना सम्बन्धलाई थप प्रभावकारी बनाउन ठोस प्रकियाबाट जान सरकारको सधैँ सहयोग र सकरात्मक भूमिका हुनेछ ।’

राष्ट्रिय महत्वका गढी तथा किल्लाहरुलगायत चुरे संरक्षणमा समेत नेपाली सेना प्रभावकारी ढङ्गबाट अगाडि बढाउने उनले विश्वास व्यक्त गरे ।

बलाधिकृत रथी हेमन्तराज कुँवरले कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवम् सुझावको सम्बन्धमा प्रस्तुतीकरण गर्ने जानकारी दिए ।