ताप्लेजुङबाट मन्त्री अधिकारीसहित सात जनाकै शव लिएर उड्यो सेनाको हेलिकप्टर

ताप्लेजुङबाट मन्त्री अधिकारीसहित सात जनाकै शव लिएर उड्यो सेनाको हेलिकप्टर


ताप्लेजुङबाट मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाकै शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमार्डौंका लागि उडेको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव संकलन गरि काठमाडौं ल्याइएको हो ।

दुर्घटनास्थलबाट संकलन गरिएको शव लिएर ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टर उडेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनका अनुसार बिहान ८ बजेतिर सबै शव संकलन सकिएको थियो । मौसममा सुधार नआएकोले हेलिकप्टर उडाउन नसकिएको हो ।
pic: rss