कैदी सन्दिप साहको मृत्यु

कैदी सन्दिप साहको मृत्यु


जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको एक भारतीय कैदीको मृत्यु भएको छ ।

भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साहको मृत्यु भएको हो ।