प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो

प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो


सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । फागुन पहिलो हप्तादेखि बिरामी भई केही दिनदेखि उनी शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष)मा उपचाररत् थिए ।

प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको हो । उनका स्वकीय सचिव धनसिंह क्षेत्रीले जनाएअनुसार एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ ।