आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०७५ शनिबार, २ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०७५ शनिबार, २ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० शिशिर ऋतु नेपाल सं. ११३९ वि.सं.२०७५ फाल्गुन १८ गते तद्अनुसार सन् २०१९ मार्च ०२ तारिख शनिबार फाल्गुन कृष्णपक्ष एकादशी, १२ः५२ पर द्वादशी तिथि पूर्वाषाढा ७ः५७ मा उत्तराषाढा नक्षत्र ब्यतिपात योग १२ः२६ मा वरियान योग कौलव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा धनु राशिमा दिउँसो १४ः२९ मा पछि मकर राशिमा भ्रमणशील हुनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः३० मा भयो र सूर्यास्त साँझ १८ः०४ मा हुनेछ । विजयाएकादशी व्रत । त्रिपुष्कर योग दिउँसो १२ः५२ देखि आरम्भ होला । शुभ समय अभिजित ११ः५५ देखि १२ः४०, अशुभ योग राहु काल ९ः२ देखि १०ः४९, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – सुख शान्ति र सफलता मिल्ने दिन छ । मिठो भोजन पाउनुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रा होला । मान महत्व धन सम्पत्ति पद प्रतिष्ठा बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – प्रयासरत काम बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । रोकिएको काम बन्नेछ । यश वर्चश्व बढ्नेछ । भागदौड, भ्रमण भैरहने छ । खेलकूदमा रुचि बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा नबस्नु उचित हुनेछ । विजयश्री मिल्नेछ । लापर्वाही नगरी योजनानुसार कार्य गर्नु उचित हुनेछ ।

मिथुन राशि – धन मान बढ्नेछ । आयस्रोत बढ्ला । कार्य व्यवसायको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । चन्द्रमा दिउँसो १४ः२९ बजे पछिबाट आठौँ घरमा भ्रमणशील हुनेछ फलस्वरुप भागदौड र जोखिम बढ्ला । विवाद आदिप्रति सचेत भई नियम–कानूनलाई ध्यानमा राखेर काम गर्नु हितकर होला । स्वास्थ्य र चोटपटकप्रति सचेत रहनुपर्नेछ ।

कर्कट राशि – साझेदारी क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उच्चाधिकारीहरूसित भेटघाट हुनेछ । उन्नति पदोन्नति हुनेछ तथापि दिउँसो १४ः२९ बजेभित्र कुनै प्रकारको जोखिममा नपर्नु नै हितकारी रहला ।

सिंह राशि – समय शुभ र भाग्यवर्द्धक छ । यात्रा होला । साहसिक कर्ममा आकर्षण बढ्ला । मान सम्मान बढ्नेछ । उनन्ति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – चन्द्रमा राशिदेखि चतुर्थ स्थानमा दिउँसो १४ः२९ बजेसम्म त्यसपछि पञ्चम स्थानमा भ्रमणशील रहने हुँदा दिन मध्यम फलदायक रहनेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु बेस रहला । चोटपटक लाग्ने र स्वास्थ्यसित सम्बन्धित भूलचुकप्रति सचेत रहनुपर्नेछ । उत्तराद्र्धतिर स्थितिमा सुधार आउनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेममा सफलता मिल्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ ।

तुला राशि – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नुको साथै सुखको वस्तु पनि भेट्नेछ । मान प्रशंसा हुनेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । आरोग्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख सम्पति वृद्धि होला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मान महत्व सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन पनि मिल्नेछ ।

धनु राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्ला । कार्य क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला । सन्तान सुख मिल्नेछ । साथीभाइको सहयोग समर्थन मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति बढ्ला । विद्याबुद्धि बढ्ला ।

मकर राशि – भागदौड व्यस्तता रहनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विवाद आदिमा नपर्नु उचित रहनेछ । उत्तरार्द्धमा स्थितिमा सुधार आउनेछ । मान महत्व बढ्ला ।

कुम्भ राशि – सुख समृद्धि बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आँट उत्साह बढ्नेछ । यात्रापरक कार्य बन्ला । आयस्रोत बढ्ला । लगानी बढ्नेछ ।

मीन राशि – धन मान गौरव बढ्नेछ । सुख शान्ति समृद्धि बढ्ला । कार्य क्षेत्र र पारिवारिक क्षेत्रमा पनि अनुकूलता बढ्ला । उन्नतिपदोन्नति होला । यश वर्चश्व बढ्नेछ । विजयश्री प्राप्त होला । रोकिएको काम बन्नेछ ।