प्रधानसेनापति प्रशंसा निशान प्रदान

प्रधानसेनापति प्रशंसा निशान प्रदान


यही फागनु १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछिको खोज तथा उद्धारमा खटिएका ४६ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।

नेपाली सेनाका अधिकृत, पदीक तथा अन्य दर्जासहित ४६ जनाले प्रतिकुल मौसममा पनि खोजीमा देखाएको साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त निशान प्रदान गरिएको हो ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त प्रशंसा निशान प्रदान गरेका हुन् ।