‘पूर्व उपप्रधानमन्त्री अधिकारीलाई बचाउन कठिन’

‘पूर्व उपप्रधानमन्त्री अधिकारीलाई बचाउन कठिन’


पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थिति गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका सम्पुर्ण उपाय अपनाउँदापनि अधिकारीको स्वास्थ्य अवस्था झन् बिग्रन पुगेको र आज थप जटिल भएको सम्बन्धित चिकित्सकहरुको भनाई छ । उनलाई केही दिनदेखि नै कृतिम स्वाप्रस्वासका लागि भेन्टिलेटरमा राखिएको छ। अस्पतालका अनुसार उनका शरीरका खास अंगहरुले काम गर्न छाडेका छन् र बचाएर राख्न कठिन अवस्था पैदा भएको छ । बितेको २४ घन्टादेखि अधिकारीको पिसाब बन्द भएको छ ।