प्राइम कमर्सियलद्वारा क्याम्पसलाई सहयोग

प्राइम कमर्सियलद्वारा क्याम्पसलाई सहयोग


आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राइम कमर्सियल बैंक लि.ले प्रदेश नं. ३, काभ्रेपलाञ्चोकको रोेशी गाउँपालिका मंगलटारस्थित मंगल जनविजय क्याम्पसमा सहयोग प्रदान गरेको छ । विद्यार्थीलाई अध्ययनमा सुविधा पुऱ्याउने उद्देश्यले उक्त बैंकद्वारा सहयोग प्रदान गरिएको ६० वटा बेन्च–डेक्स एक समारोहका बीच नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले सो क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई बैंकिङ चेतनामूलक शिक्षा प्रदान गरी बैंक तथा वित्तसम्बन्धी अन्तरक्रिया समेत गराएका थिए । समारोहमा संघीय संसदका सदस्य शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।