आर्य क्षेत्री समाजको अध्यक्षमा निरञ्जन खड्का

आर्य क्षेत्री समाजको अध्यक्षमा निरञ्जन खड्का


चीनको स्वशासित क्षेत्र मकाउमा आर्य क्षेत्री समाजको नयाँ कार्यसमिति गठन भएको छ । फागुन १७ गते मकाउमा बसेको तदर्थ समितिको बैठकले नयाँ कार्यसमितिको चयन गरेको हो । बैठकले निरञ्जन खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । उक्त बैठक राजकपुर थपलियाको अध्यक्षतामा सञ्चालन भएको थियो ।

त्यस्तै नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ताराबहादुर महत, उपाध्यक्षमा शशी खड्का र मोहन पन्त, महासचिवमा राजन खत्री र कोषाध्यक्षमा शेरबहादुर कोइराला रहेका छन् । यसैगरी सदस्यहरूमा बाबुकृष्ण खड्का, घनश्याम ओली, अच्युत बडाल, जगदीश न्यौपाने, सुदिश जीसी र समित खड्का चयन भएका छन् । समाजको आगामी बस्ने बैठकले कार्यसमितिलाई पूर्ण रूप दिनुको साथै केही सल्लाहकार मनोनयन गर्ने भएको छ ।

साथै समाजले विदेशी भूमि मकाउमा कार्यरत आर्य क्षेत्रीहरूलाई संगठित गर्न, मकाउमा रहेका विभिन्न जात, राजनीति एवं सामाजिक संघसंस्थासँग सहकार्य गर्दै जाने बताएको छ । त्यस्तै मकाउमा कार्यरत नेपाली र नेपालमा रहेका नेपालीहरूको सुखदुःखमा साथ दिने प्रतिबद्धता पनि जाहेर गरेको छ ।