- अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण २१ गते मंगलबार तद्अनुसार सन् २०१९ मार्च ५ तारिख फाल्गुन कृष्णपक्ष चतुर्दशी तिथि १८ः४८ पर अमावश्या तिथि धनिष्ठा नक्षत्र १५ः१६ पर शतभिषा नक्षत्र शिव योग १४ः४४ पर सिद्धि योग चतुष्पाद करण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय विहान ६ः२७ मा भयो र सूर्यास्त साँझ १८ः०६ मा हुनेछ । शुभ योग अभिजित– ११ः५२ देखि १२ः३९ । अशुभ योग राहु काल– १५ः११ देखि १६ः३९ दिशा शूल– उत्तर ।
आजको राशि फल :
मेष राशि – दिन शुभ फलदायक रहला । आयस्रोत बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थ खर्चको अवस्था पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।
बृष राशि – मान पुरस्कार मिल्नेछ । विकासको बाटो खुल्नेछ । नयाँ जोश जाँगर बढेर आउनेछ । आँट उत्साह बढ्नेछ । नियमित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तति सुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।
मिथुन राशि – धर्मकर्ममा रुचि बढ्ला । धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
कर्कट राशि – नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । कठोर मिहीनेत गर्नु पर्ला । भागदौड भैरहनेछ । कठोर प्रयत्नले विजयश्री मिल्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
सिंह राशि – आय बढ्नेछ । मिठो भोजन मिल्नेछ । आमोदप्रमोदमा रमाउनुहुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्तति सुख बढ्नेछ । लगानी उठ्ला । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति त बढ्ला, तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।
कन्या राशि – समय लाभदायक र उन्नतिकारक रहनेछ । सुख आनन्द बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । उन्नति पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । यश वर्चश्व बढ्ला । आँट उत्साहमा कमी आउने छैन साथै विकासको सम्भावना पनि देखापर्नेछ । केही बढी प्रयास र परिश्रम गर्नु पर्ला तर लागिरहेमा अवश्यमेव सफल हुनुहुनेछ । राजकीय कार्य बन्नेछ । हाकिमको सहयोग प्राप्त हुनेछ ।
तुला राशि – प्रेममा सफल हुनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नती पदोन्नती हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । दायित्व पूरा गरेसँगै नयाँ दायित्व पनि प्राप्त होला । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।
वृश्चिक राशि – भागदौड भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भई अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । जोखिममा पर्नु र अरुको भरमा नबस्नु उचित हुनेछ । लापर्वाही नगर्नु हितकर रहला ।
धनु राशि – साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।
मकर राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनु हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ राशि – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति बढ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । उधारो उठ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रचनात्मक र शैक्षिक काम बन्नेछ । प्रेमको क्षेत्रमा पनि सफलता मिल्नेछ । कार्य बन्ला । दायित्वलाई पूरा गर्नुको साथै थप नयाँ दायित्व प्राप्त होला ।
मीन राशि – नियमित काममा सफलता मिल्नेछ तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै रसविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमाउनुहुनेछ । यात्रामा सफलता भेटिएला । भ्रमण होला, खर्च पनि होला । आफ्नै बल विवेकले काम गर्नु हितकर हुनेछ ।
प्रतिक्रिया