१४ अंकभन्दा बढीले बढ्यो सेयर

१४ अंकभन्दा बढीले बढ्यो सेयर


आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या भएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ बिन्दुले बढेर २४३.२६ बिन्दुमा पुगेको छ ।

कुल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता सेयर रु. ४० करोड २८ लाख ४० हजार २१३ मा खरिद–बिक्री भए । स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये अन्य उपसमूहको सेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ बिन्दुले घटेको हो । यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटेल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बिमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बिमा ६.३६ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. दुई करोड ८९ लाख ८६ हजार ६६, एनआईसी एसिया बैंक रु. दुई करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड रु. दुई करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु. एक करोड ७१ लाख ५९ हजार ९५५ खरिद–बिक्री भई अग्रस्थानमा रहे ।

स्टकका अनुसार ङादी ग्रुपका सेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेसनल हाइड्रो पावर कम्पनी ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५.९३, अपि पावर कम्पनीका सेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका सेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन् ।