उद्योगी र बैंकरबीच सम्बन्ध सुध्रिएकै हो त ?

उद्योगी र बैंकरबीच सम्बन्ध सुध्रिएकै हो त ?


कर्जामा लगाइएको ब्याजदर र सेवा शुल्कबारे बिग्रिएको नेपाल बैंकर्स एशोसिएसन र नेपाल उद्योग वाणिज्य महासंघबीचको सम्बन्ध सुध्रिएको छ । यसअघि पूर्वका व्यापारीले शुरु गरेको चर्को ब्याजदर निर्धारणसम्बन्धी आन्दोलनलाई महासंघले समर्थन गरेको थियो । जसका कारण उद्योगी बैकरबीच असमझदारी बढेको थियो ।

महासंघमा सोमबार भएको छलफलमा एशोसिएसनले महासंघले राखेका तीन मुद्दा संबोधन गर्न तयार भएपछि यो मुद्धामा आइसब्रेक भएको हो । स्प्रेडदर चार प्रतिशतभन्दा माथि राख्न नहुने, ऋणका लागि पेश गर्नुपर्ने कागजपत्र एकैखाले हुनुपर्ने र सेवा शुल्कमा समेत एकरुपता हुनुपर्ने उद्योगीको माग थियो ।

अहिले ऋण लिन २८ वटै वाणिज्य बैंकका फरकरफरक प्रस्तावसहितको कागजपत्र चाहिने भन्दै ऋण लिन कठिन हुने गरेको उद्योगीको जिकिर छ । दुबै पक्षबीच सौहार्दपूर्ण वातावरणमा छलफल मात्रै होइन उद्योगीले राखेका मुद्दा सम्बोधन गर्न बैकर तयार देखिएको महासंघ स्रोतले जनाएको छ । स्रोतका अनुसार एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगीले उठाएको मुद्दा एशोसिएसनमा छलफल गरेर संबोधनको प्रयास गरिने बताएका थिए ।