सेयर २० अंकभन्दा बढीले वृद्धि

सेयर २० अंकभन्दा बढीले वृद्धि


सेयर बजार बढ्ने क्रम मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २०.३३ अंकले वृद्धि भई एक हजार १६३.२६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ बिन्दुले बढेर २४७.४७ बिन्दुमा पुगेको छ । कारोबार रकममा पनि मंगलबार उल्लेख्य मात्रामा वृद्धि भएको छ । कुल १७६ कम्पनीको १९ लाख ५४ हजार ५६ कित्ता सेयर रु. ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरिद–बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका ११ वटै उपसमूहको सेयर वृद्धि भएको छ । बैंकिङ २२.२८, व्यापार ५.३२, होटेल २२.९४, विकास बैंक १८.७६, जलविद्युत ३२.१२, वित्त ५.२१, निर्जीवन बिमा २९.९२, उत्पादन ३२.२९, अन्य ७.६८, लघुवित्त ९.९३ र जीवन बिमा ७७.१७ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा माछापुच्छ«े बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. तीन करोड १५ लाख ५७ हजार १५९, एनसीसी बैंक रु. तीन करोड ११ लाख नौ हजार ४७६, प्रभु बैंक रु. दुई करोड ८३ लाख ९६ हजार २०५, माथिल्लो तामाकोसी जलविद्युत कम्पनी रु. दुई करोड ३४ लाख ४२ हजार १५२, नेपाल लाइफ इस्योरेन्स कम्पनी रु. दुई करोड आठ लाख ९५ हजार ६२ को कारोबार भएको छ ।

स्टकका अनुसार सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था ९.८७, हिमालयन पावर पार्टनर ९.५५, कालिका पावर कम्पनी ८.७९, सानिमा इक्विटी फन्ड ७.४६, नेसनल हाइड्रो पावर कम्पनी ७.२५, अरुण काबेली पावरका सेयरधनीले ६.६३ प्रतिशतले कमाएका छन् । यस्तै, सिटिजन म्युचल फन्ड १.९२, सगरमाथा इस्योरेन्स कम्पनी १.५०, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था १.३०, आँखु खोला जलविद्युत कम्पनीका सेयरधनीले १.२३ गुमाएका छन् ।