आजको पञ्चाङ्ग एवम् राशिफल (१३ चैत २०७५ बुधबार, २७ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ चैत २०७५ बुधबार, २७ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७५ चैत्र १३ गते तद्अनुसार सन् २०१९ मार्च २७ तारिख बुधबार चैत्र कृष्णपक सप्तमी तिथि ज्येष्ठा नक्षत्र १२ः१९ पर मूल नक्षत्र व्यतिपात योग भद्रा करण १२ः३२ पर बालब करण आनन्दादिमा ध्वांक्ष योग चन्द्रमा वृश्चिक राशिमा १२ः१९ त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः३ मा भयो र सूर्यास्त साँझ १८ः१८ मा हुनेछ । भद्रा दिउँसो १२ः३२ सम्म रहला । भद्रा स्वर्गलोकमा रहेकोले अति आवश्यक काम गर्न सकिन्छ । राहु काल– १२ः०८ देखि १३ः३९ दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – हासविलास, भ्रमण आदिमा रुचि बढ्ला । खेलकूदप्रति आकर्षण होला । स्वास्थ्य र चोटपटकप्रति सचेत रहनुपर्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा जोखिम लिनु उचित नहोला । विवादमा नपरियोस् भनेर ध्यानमा राख्नुपर्ला । अरुको भर पर्नु उचित हुनेछैन । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । उत्तरार्द्धपछि शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ ।

बृष राशि – अन्न धन बढ्नेछ । लेखन प्रकाशन बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । यात्रा हुनेछ । साथीभाइको साथ मिल्नेछ । आय वृद्धि होला । दैनिक कार्य राम्ररी चल्नेछ । उधारो लगाइएको पैसा उठ्ला । इच्छा पूरा होला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । उत्तरार्द्धपछि कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु बेस होला ।

मिथुन राशि – कार्यमा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ भेटला । यश बर्चश्वमा वृद्धि हुनेछ । धन यश मान महत्व बढ्ला । साझेदारीको काम बन्ला ।

कर्कट राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्रा होला । ख्याति फैलिनेछ । सन्तति सुख वृद्धि होला । प्रेममा सफलता पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

सिंह राशि – कुनै प्रकारको जोखिममा नपर्नु शुभ रहला । स्वास्थ्य तथा चोटपटक लाग्ने कुरामा ध्यान दिनुपर्नेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । स्वास्थ्य र पाचनतन्त्रप्रति ध्यान राख्नुपर्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्नेछ । उत्तरार्द्धपछि मित्रमिलन हुनेछ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कन्या राशि – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन खान पाउनुहुनेछ । यात्रापरक काम बन्ला । इष्टमित्रको साथ मिल्ला । आँट उत्साह वृद्धि होला । दिउँसो १२ः१९ पछि भागदौड बढ्नेछ । विवाद आदिप्रति सचेत भई आफ्नै बलविवेकले काम गर्नु हितकर रहला ।

तुला राशि – मनोकुलको कार्य बन्ला । आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुलाई जित्ने शक्ति बढ्ला । आफन्तको सहयोग मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । परिवारिक सुखशान्ति बढ्नेछ ।

वृश्चिक राशि – सुखशान्ति मिल्नेछ । इष्टमित्रको मद्दत मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्ला । प्रेममा सफलता प्राप्ति होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम पनि बन्नेछ । मान महत्व बढ्ला ।

धनु राशि – भागदौड जारी रहला । खर्च बढेको अनुभूति हुनेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । लापर्वाही गरेमा भोली पछुतोमा पर्नुपर्ने हुन्छ । योजना र बजेट बनाइ काम गर्नुपर्नेछ । दिउँसो १२ः१९ पछि स्थिति नियन्त्रणमा आउनेछ । मिठो भोजन मिल्नेछ । सफलता मिल्नेछ ।

मकर राशि – सुख समृद्धि धन यश मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । आयात निर्यातसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग भेटिनेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नियमित काममा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हनेछ ।

कुम्भ राशि – धन मान बढ्नेछ । सुख आनन्द बढ्नेछ । सभा–समारोहमा सम्मानित हुनुहुनेछ । गौरवमा वृद्धि होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । मनोकुलको काम बन्नेछ । साहसिक काम बन्ला । हाकिमको साथ मिल्ला ।

मीन राशि – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा बढोत्तरी होला । सुख शान्तिको अनुभूति हुनेछ । यात्रा होला । शुभ समाचार मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । सुखशान्ति आनन्द बढ्नेछ । मान सम्मान बढ्नुसँगै ख्याति फैलिनेछ ।