आजको पञ्चाङ्ग एवम् राशिफल (१४ चैत २०७५ विहीबार, २८ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ चैत २०७५ विहीबार, २८ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणेश्रीशाके १९४० नेपाल सं. ११३९ वसन्त ऋतु विरोधकृत नामक संवत्सर वि.सं. २०७५ चैत्र १४ गते तद्अनुसार सन् २०१९ मार्च २८ तारिख विहीबार चैत्र कृष्णपक्ष अष्टमी तिथि मूल १३ः३४ पर पूर्वाषाढा नक्षत्र वरियाण योग १९ः४९ पर परिघ योग बालब करण १३ः१० पर तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः२ मा भयो र सूर्यास्त साँझ १८ः१८ मा हुनेछ । शुभ समय अभिजित– ११ः४३ देखि १२ः३२ राहु काल– १३ः३९ देखि १५ः११ दिशा शूल– दक्षिण ।

आजको राशिफल :

मेष राशि – प्रेम पथमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । नयाँ ऊर्जा वृद्धि होला । मनोकुलको कार्य बनेर मन प्रसन्न हुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति र पदोन्नति हुनेछ । यात्रा होला । धर्मकर्ममा आकर्षण होला । सुख आनन्द बढ्नेछ । विद्या बुद्धि बढ्ला । कला, साहित्य, बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । गीत–संगीतमा रुचि बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – लगानी र खर्च बढ्ला । दौडधुप चलिरहला । जोखिममा नपर्नु उचित होला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ यद्यपि आज बढि नै मिहीनेत गर्नुपर्ला । हास–विलासमा रुचि बढ्नेछ । सामान नहराओस् भनेर ध्यान राख्नुपर्ला । सोचिविचारी काम गर्नु र स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नु पर्ला ।

मिथुन राशि – नयाँ–नयाँ सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । धनसम्पत्तिमा वृद्धि होला । आर्थिक काम बन्नेछ । लगानी उठ्ने छ । साझेदारीको काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आँट–उत्साह बढ्नेछ । सुख–सम्पति बढ्ला । यात्रामा सफलता मिल्ला । ऐश्वर्य वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । जीवनसाथीको सहयोग मिल्ला । आफन्तको साथ भेटिएला । नयाँ–नयाँ सम्पर्क बढ्नेछ ।

कर्कट राशि – पारिवारिक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । उच्च अधिकारीको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । धन मान सुख सम्पति बढ्नेछ । वार्तामा सफल हुनुहुनेछ । सभा–समारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । रोकिएको काम बन्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।

सिंह राशि – ख्याति फैलिनेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । महत्व बढ्नेछ र कारोबार पनि फैलिने छ । ग्रहगोचर शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख–आनन्द वृद्धि होला । मान महत्वव बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । इष्टमित्रको सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नुको साथै सन्तान सुख पनि हुनेछ ।

कन्या राशि – स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । भागदौड चलिरहला । बाटोघाटो काट्दा होस् पुऱ्याउनु पर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । नियम कानुनलाई ध्यानमा राख्नुपर्ला । हासविलासमा रुचि बढ्ला । खर्च बढ्नेछ । अरुको भर पर्नु र लापर्वाही गर्नु उचित हुने छैन । विवाद आदिमा पर्नु र जोखिमपूर्ण काममा लाग्नु उचित हुनेछैन ।

तुला राशि – नयाँ काम गर्नमा रुची बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । विलासमा रुचि बढ्नेछ । समय लाभदायक र उन्नतिवर्द्धक रहनेछ । आरोग्यता बढ्ला । जीवनसाथीको साथ मिल्ला । धनसम्पत्ति वृद्धि होला । रोकिएको काम बन्नुको साथै उधारो लगाइएको धन उठ्नेछ । आफन्तको सुख मिल्नेछ । इच्छा पूरा होला । यात्रामा सफलता प्राप्त होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । ऐश्वर्य बढ्नुको साथै विजय पनि मिल्नेछ ।

वृश्चिक राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो बन्ने छ । वार्तामा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त होला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । यश बर्चश्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । मनोकूलको कार्य बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन मान बढ्ला । आँट साहस वृद्धि हुनेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । विजयश्री प्राप्त होला ।

धनु राशि – आफन्तको साथ मिल्नेछ । सुख आनन्द बढ्ला । कला साहित्यिक गीत–संगीत बौद्धिक र रचनात्मकता सित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । शारीरिक र आर्थिक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको लागि अनुकूल रहनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । प्रेमको क्षेत्रमा प्रगति हुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

मकर राशि – खर्च बढ्नेछ । भागदौड बढ्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । मान–सम्मानप्रति सचेत रहनुपर्नेछ । मिठो भोजन खान पाउनुहुनेछ, तर पाचनतन्त्रप्रति विचार पुऱ्याउनुपर्नेछ । कार्य क्षेत्रमा लापर्वाही नगर्नु बेस होला । समस्यामाथि सफलता प्राप्त होला । यात्रामा लापर्वाही नगर्नु उचित होला । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

कुम्भ राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि होला । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन प्रकाशन कार्य कला र रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । आय वृद्धि होला । रोकिएको धन उठ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । साथीभाइको सहयोग मिल्नेछ । उत्साह बढ्नेछ ।

मीन राशि – राजकाजमा सफलता मिल्नेछ । मान महत्व प्राप्त हुनेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक सुख शान्ति बढ्नेछ । सन्तान सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागमा बढोत्तरी हुनेछ । रोकिएको काम बन्नेछ । आर्थिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । सुख–सुविधाको बस्तु बढ्नेछ । हासविलासमा पनि रुची रहनेछ । खेलकुद भ्रमणमा पनि आकर्षण रहनेछ । घरेलु समस्याको समाधान मिल्नेछ ।