आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत २०७५ शुक्रबार, २९ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत २०७५ शुक्रबार, २९ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योत्तरायणे विरोधकृत नामक संवत्सर वसन्त ऋतु श्रीशाके १९४० नेपाल संम्वत् ११३९ वि.सं. २०७५ चैत्र १५ गते तद्अनुसार सन् २०१९ मार्च २९ तारिख शुक्रबार चैत्र कृष्णपक्ष नवमी तिथि, पूर्वाषाढा नक्षत्र १५ः१७ पर उत्तराषाढा नक्षत्र, परिघ योग तैतिल करण १४ः१८ पर वणि आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० मा भयो र सूर्यास्त १८ः१९ मा हुनेछ । शुभ समय– अभिजित–११ः४३ देखि १२ः३२ अशुभ समय– राहु काल– १०ः३५ देखि १२ः७ दिशा शूल –पश्चिम ।

आजको राशि फल :

मेष राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख शान्ति वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । धर्मपथमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

बृष राशि – खेलकुद र भ्रमण कार्यमा रुचि बढ्ला । रसरागमा रुचि बढ्ला । कठोर मिहीनेतले सफलता मिल्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ भेट्ला, तर लापर्वाही नगरी संयम र विवेकले काम गर्नु उचित होला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ ।

मिथुन राशि – आयस्रोत बढ्ला । सभासमारोहमा मान पुरस्कार प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । धन मान सफलता बढ्ने यात्रा हुने सम्भावना रहनेछ । सोचिविचारी योजना बनाएर काम गरेमा अझ बढी सफलता मिल्नेछ । आर्थिक काममा लाग्नु उचित हुनेछ । देखापरेको समस्याको निदान मिल्नेछ । ठूलो रकमको लगानी, महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर हुनेछ । लगानी उठ्नेछ । धन सम्पत्ति बढ्नेछ ।

कर्कट राशि – उन्नति पदोन्नति हुनेछ । साहसिक कार्य बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । मिठो भोजन खान मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आफन्तको पनि साथ मिल्नेछ ।

सिंह राशि – शुभ र भाग्यवर्द्धक काम बन्ला । धर्मकर्ममा प्रवृत्त रहनुहुनेछ । विजयश्री मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्ला । सभासमारोहमा मान पुरस्कारको प्राप्ति होला । पारिवारिक सुख शान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नुको साथै गौरव वृद्धि हुने काम गर्नु हुनेछ ।

कन्या राशि – समय मिश्रित फलदायक रहनेछ । भागदौड भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिहीनेतको प्रतिफल मिल्नेछ । कठोर परिश्रमले सफलता प्राप्त होला । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको साथ भेट्ला । मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु उचित हुनेछ । विवाद र अरुको भरमा पर्नु उचित हुनेछैन ।

तुला राशि – धनसम्पदा बढ्नेछ । भागदौड भैरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अभय बढ्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनुसँगै सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । धनसम्पति बढ्नुसँगै दूरदेशबाट शुभ समाचार मिल्नेछ । आफ्नै बल–विवेकले काम गर्नु शुभ हुनेछ ।

वृश्चिक राशि – वार्तामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । अन्नधन वृद्धि हुनेछ । धरपरिवारको स्थिति सन्तोषजनक रहनेछ । मान महत्व बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ । धन यश मान महत्व बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

धनु राशि – रस राग प्रेममा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । सुख सम्पत्ति वृद्धि हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । धनको कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।

मकर राशि – यात्रा होला । समस्याको समाधान खोज्नु हुनेछ । भागदौड लागिरहला । रचनात्मक कार्यमा सफलता मिल्नेछ । रसरागमा प्रवृत्ति बढ्ला । यात्रामा सफलता प्राप्त होला । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ । ऐश्वर्य वृद्धि होला । साहसिक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । योजना र बजेट बनाई काम गर्नु हितकर रहला ।

कुम्भ राशि – विकासको नयाँ सम्भावना देखापर्ला । अन्नधन बढ्नेछ । आय वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । सुखशान्ति आरोग्यता बढ्नेछ । लेखन प्रकाशन बौद्धिकता र रचनात्मकतासित सम्बन्धित काम बन्नेछ । मान महत्व बढ्ला । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला ।

मीन राशि – रोकिएको काम बन्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान वृद्धि होला । धनसम्पत्ति बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक काम पनि बन्नेछ । ख्याति फैलिनेछ । ऋण रोग र शत्रुबाट छुट्कारा मिल्नेछ । मान पुरस्कार भेट्ला । उन्नतिपदोन्नति हुनेछ ।