साताको राशिफल (२०७५ चैत १६-२२, सन् २०१९ मार्च ३-५ अप्रिल)

साताको राशिफल (२०७५ चैत १६-२२, सन् २०१९ मार्च ३-५ अप्रिल)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साता (चैत्र १६–२२)को चाडपर्व :

सोमबार– पापमोचनी एकादशीव्रत, विश्व मुर्ख दिवस । मंगलबार– पिशाच चतुर्दशी, पाशाचःह्रैपूजाभद्रकालीपीठलिङ्गोस्थानम्, विहीबार– दर्शश्राद्धम्, निशीबार्ने । शुक्रबार– स्नानदानादौ अमावश्या, घोडेजात्रा ।

साताको राशिफल :

मेष राशि – शनिबार र आइतबार शुभ फलदायक सावित हुनेछ । अन्नधन बढनेछ । मिठो भोजन मिल्नेछ । मान गौरव बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । राजकाजमा सफलता प्राप्त होला । सोमबार, मंगलबार र बुधतिर समस्या समाधानको नयाँ सम्भावना देखापर्ला । आँट उत्साह बढ्नेछ । धन यश मान महत्व बढ्ला । आय वृद्धि हुनेछ । लगानी उठ्ला । यात्रा होला । साथीभाइको सहयोग समर्थन मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । दुःख दूर होला । विवाद आदिमा नपर्नु उचित हुनेछ । विहीबार र शुक्रबारतिर प्रेममा सफल हुनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । अनावश्यक खर्च बढ्ने, व्यर्थको यात्रा हुने, विवादमा परिने तथा धोखा आदिमा फसिने डरप्रति सचेत रहनुपर्ला । अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । वार्तामा सफलता मिल्नुसँगै आर्थिक प्रगति होला । इष्टमित्रसित भेटघांट हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्यमा कमी आउने छैन ।

बृष राशि – शनिबार र आइतबारको सुख शान्ति बढ्ला । मान सम्मान बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । भोजभत्तेरमा सहभागी हुन पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । मान पुरस्कार प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापरेर आशा उत्साह बढ्नेछ । सोमबार, मंगलबार र बुधबारतिर कार्य गति बढ्ला । धनको आगमन हुनेछ । सफलता मिलीरहला । विहीबार र शुक्रबारतिर समस्याको समाधान मिल्नेछ । कार्य बन्ने नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । सुख आनन्द बढ्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । शैक्षिक सफलतासँगै प्रेम पथमा पनि प्रगति हुनेछ । आयस्रोत बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ । अरुको भर नपरी आफ्नै योजनानुसार काम गर्नु उचित रहनेछ । मित्रमिलन हुनेछ । सन्तान सुख बढ्ला । आर्थिक सुधार होला । मान पुरस्कार मिल्नेछ ।

मिथुन राशि – शनिबार र आइतबारतिर उन्नति पदोन्नति परक कार्यमा बिघ्न नआओस् भनेर ध्यान राख्नुपर्नेछ । हाविलासमा आकर्षण बढ्नेछ । राजकीय कार्यप्रति सचेत रहनुपर्नेछ । स्वास्थ्य र ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । लापर्वाही गर्नु र भूलचूक गर्नु महँगो पर्न सक्नेछ । सोमबार मंगलबार र बुधबारतिर शुभ र भाग्यवर्द्धक काम हुनेछ । सुख शान्ति मिल्नेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान पुरस्कार प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । विहीबार र शुक्रबारतिर यश मान बढ्ला । मनोकुलको काम बन्नेछ । धनधान्य बढ्नेछ । हासविलास, खेलकूद, भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको साथ पाइनेछ । उत्साह बढ्ला । विजयश्री मिल्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला ।

कर्कट राशि – शनिबार र आइतबारतिर भागदौड भइरहला । खर्च बढ्नेछ । विलास कर्ममा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । सम्पत्ति बढ्नेछ । सोमबार, मंगलबार र बुधबारतिर आर्थिक पक्षको कार्यमा ध्यान दिनुपर्ला । जोखिममा नपर्नु उचित होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विहीबार र शुक्रबारतिर वार्तामा सफलता मिल्नेछ । धन यश मान पुरस्कार मिल्नेछ । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । सुख समृद्धि बढ्नेछ । आफन्तको सहयोग मिल्ला । पारिवारिक शान्ति विकसित हुनेछ । यात्रापरक काम बन्नेछ । आरोग्यता वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला ।

सिंह राशि – साताका पहिला दुई दिनमा काममा सफलता मिल्नेछ । सुख दायित्वमा बढोत्तरी आउला । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । ऐनकानूनको साथ मिल्नेछ । तेस्रो, चौंथो र पाँचौँ दिनमा खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । यात्रा होला । विलास कर्ममा रुचि बढ्ला । धन मान बढ्नेछ । मिठो भोजन मिल्नेछ । छैठौँ र सातौँ दिनमा शुभ र भाग्यवर्द्धक काममा बिघ्न आउन सक्छ । सुख शान्तिमा बाधा आउनेछ । नियमकानुलाई ध्यानमा राख्नुपर्ला । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – साताका सुरुका दुई दिन अत्यन्तै शुभ सावित हुनेछ । यात्रा होला । मनोकुलको काम बन्नेछ । दायित्व बढ्नेछ । साझेदारीको कार्य बन्ला । आयस्रोत बढ्नेछ । विजयश्री मिल्नेछ । सुख आनन्द बढ्ला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तान सुख बढ्ला । तेस्रो, चौंथों र पाँचौँ दिनमा ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सुख समृद्धि धन यश मान बढ्ला । कुशल रहनुहुनेछ । ऐनकानूनको साथ मिल्नेछ । छैठौँ र साताँ दिनमा शुभ हुनेछ । मनोकुलको काम बन्नेछ । भागदौड बढ्ला । हासविलासमा रुचि बढ्ला । योजनानुसार काम गर्नु उचित हुनेछ । यात्रा होला । आर्थिक काम बन्ला । सुख सम्मान बढ्नेछ । मनोकूलको काम बन्नेछ ।

तुला राशि – शनिबार र आइतबार शुभकर रहनेछ । शारीरिक र आर्थिक काम बन्नेछ । आफन्तको साथ मिल्ला । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति विजय मिल्नेछ । सोमबार, मंगलबार र बुधबारमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा हुनेछ । मनोकूलको कार्य बन्नेछ । आय वृद्धि होला । मिठो भोजन मिल्नेछ । सुख आनन्द बढ्ला । विहीबारतिर जोखिममा पर्नु र लापर्वाही गर्नु उचित हुनेछैन । शुक्रबारको शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

वृश्चिक राशि – शनिबार र आइतबार हासविलासमा व्यतित होल । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्ला । आमोदप्रमोदमा आकर्षण बढ्ला । सोमबार, मंगलबार र बुधवारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । विहीबार र शुक्रबारको मनोकूलको काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । विजय मिल्नेछ । साझेदारीको कार्य पनि बन्नेछ । सुख आनन्द प्राप्त होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । खर्च बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । कुनै पनि प्रकारको जोखिममा नपर्नु बेस होला ।

धनु राशि – साताका सुरुका दिनहरू लाभदायक उन्नतिवर्द्धक र सुखकारक सावित होलान् । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सोमबार, मंगलबार र बुधबारतिर इष्टमित्रको साथ भेट्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विहीबार र शुक्रबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । हासविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । साझेदारीसित सम्बन्धित नयाँ काम बन्नेछ । रोकिएको काममा सफलता मिल्ला । मान महत्व बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । विजयश्री प्राप्त होला ।

मकर राशि – साताका सुरुका दुई दिनसम्म बौद्धिक र रचनात्मक काम बन्नेछ । धनसम्पत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । सुखको वस्तु बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । तेस्रो, चौथो र पाँचौँ दिनमा विवाद आदिमा नपरी अरुको भर पनि नबसी आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । धन सम्पत्ति मान महत्व सुख शान्ति बढ्नेछ । छैठौँ र सातौँ दिनमा स्वास्थ्यमा सुधार आउनेछ । प्रेमपथमा प्रगति हुनेछ । शैक्षिक र रचनात्मक काम बन्नेछ । सुख आनन्द प्राप्त होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रुचि बढ्नेछ । महत्वपूर्ण कार्यमा आफ्नै बल र विवेकको उपयोग गर्नुपर्ला । कुनै पनि जोखिमको काममा नफस्नु उचित हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कुम्भ राशि – शनिबार र आइतबार भागदौड चलिरहनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको र सन्ततिको सहयोग मिल्नेछ । खेलकुदमा सफलता प्राप्त होला । खर्च बढ्ला । विलासी मनोवृत्ति बढ्ला । साताका बाँकी दिनहरूमा सफलता र समृद्धि मिल्नेछ । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मान महत्व बढ्नेछ ।

मीन राशि – शनिबार र आइतबार सफलता कारक रहनेछन् । आरोग्यता बढ्नुको साथै सुख समृद्धि प्राप्त होला । मिठो भोजन खान पाइनेछ । रसरागमा रुचि बढ्ला । विवाद आदिमा नपरी अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सोमबार, मंगलबार र बुधबारतिर आफन्त मिलन हुनेछ । वार्तामा सफलता भेट्ला । आनन्द मिल्नेछ । लगानी बढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । सुख सन्तति बढ्ला । विहीबार र शुक्रबारतिर आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोकिएको काम बन्नेछ । विजयश्री मिल्नेछ । प्रेमपथमा प्रगति हुनेछ । सुख सम्पति बढ्नेछ । आरोग्यता बढ्ला । कार्य–व्यापारमा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।