आजको पञ्चाङ्ग एवम् राशिफल (१८ चैत २०७५ सोमबार, १ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ चैत २०७५ सोमबार, १ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वसन्त ऋतु विरोधकृत नामक सम्वत्सर वि.सं. २०७५ चैत्र १८ गते सोमबार तद्अनुसार सन् २०१९ अप्रिल १ तारिख चैत्र कृष्णपक्ष एकादशी ६ः४६ पर द्वादशी तिथि धनिष्ठा नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त साँझ १८ः२० मा हुनेछ । पापमोचनी एकादशीव्रतम्, विश्व मूर्खदिवस । शुभ समय अभिजित– १२ः४३ देखि १२ः३३ । अशुभ समय राहु काल–७ः२८ देखि९ः२ दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ फलदायक छ । आयस्रोत बढ्ला । भागदौड लागि रहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक कार्यमा अनुकुलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । यात्रासित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । विवादमा नपर्नु उचित होला ।

बृष राशि – सुख सम्पति धन मान आनन्द बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ ।

कर्कट राशि – भागदौड भैरहला । कठोर परिश्रमले समस्याको समाधान मिल्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनु
पर्ला । ऋण रोग र शत्रुलाई उपेक्षा गर्नु उचित हुनेछैन । सिंह राशि – ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला राशि – प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक राशि – हासविलासमा रुचि बढ्ला । कठोर परिश्रमले मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ तर अत्यन्तै बढी प्रयास र प्रयत्नले । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

धनु राशि – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हासविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर राशि – अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख–शान्ति बढ्नेछ ।

कुम्भ राशि – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयां कार्यमा सफलतासँगै नयाँ दायित्वको पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खर्च र लगानी बढ्नेछ । दूरदेशको यात्रा होला । हासविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु बेस होला । कुनै प्रकारको लापर्वाही गर्नु उचित हुनेछैन ।