आजको पञ्चाङ्ग एवम् राशिफल (२२ चैत २०७५ शुक्रबार, ५ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ चैत २०७५ शुक्रबार, ५ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४०/४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७५ चैत्र २२ गते शुक्रबार तद्अनुसार सन् २०१९ अप्रिल ५ तारिख चैत्र कृष्णपक्ष अमावश्या तिथि १४ः०७ पर चैत्र शुक्लपक्ष प्रतिपदा तिथि रेवती नक्षत्र ऐन्द्र योग किंस्तुघ्न करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ बजे भयो र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ । स्नानदानादौ अमावस्या, घोडेजात्रा । शुभ समय अभिजित– ११ः४२ देखि १२ः३२, अशुभ समय राहुकाल– १०ः३३ देखि १२ः०७, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – धनको आवागमन भइरहनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । खर्च र भ्रमण बढ्नेछ । हासविलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना बढ्नुसँगै आशा उत्साह बढ्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । मान महत्व ऐश्वर्य बढ्ला ।

बृष राशि – अन्न धन वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – चन्द्रमा कर्म स्थानमा भ्रमणशील भएको हुँदा प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ मिल्नेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ ।

कर्कट राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । धर्मकर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु हितकर होला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दुरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह राशि – चन्द्रमा आठौँ स्थानमा भ्रमणशील भएको हुँदा कुनै प्रकारको जोखिममा नलाग्नु उचित हुनेछ । शारीरिक र आर्थिक कार्यमा सचेत रहनुपर्नेछ । नियम कानुनलाई ध्यानमा राख्नुपर्ला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुहोला । लापर्वाही नगर्दा ज्यादा हितकर रहनेछ ।

कन्या राशि – रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भोजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । हासविलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ ।

तुला राशि – यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

वृश्चिक राशि – काममा सफलता पाउनुहुनेछ । प्रेमपथमा प्रगति होला । हासविलासमा रुचि बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीत–संगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु राशि – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेश रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हासविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला ।

मकर राशि – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ राशि – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । प्रेममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।

मीन राशि – समय शुभ भाग्यवर्द्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । स्वादिष्ट भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । अरुको भरमा नपरी विवाद आदिप्रति सचेत भएर काम गर्नु उचित हुनेछ ।