आजको पञ्चाङ्ग एवम् राशिफल (२३ चैत २०७५ शनिबार, ६ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ चैत २०७५ शनिबार, ६ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४ वसन्त ऋतु नेपाल सं. ११३९ वि.सं. २०७५ चैत २३ गते तद्अनुसार सन् २०१९ अप्रिल ६ तारिख शनिबार चैत्र शुक्लपक्ष प्रतिपदा तिथि १५/६ पर द्वितीया तिथि रेवती ७/१८ पर अश्विनी नक्षत्र वैधृति योग बालब करण आनन्दादिमा धाता योग चन्द्रमा मेष राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ । वत्सरारम्भ, स्तैलाभ्यङ्गम्, निम्बपत्रप्राशनम्, चोभार (कान्तिपुरे) आदिनाथ स्नान, भद्रकालीपीठ लिङ्गोपातनम् । शुभ समय अभिजित ११ः४१ देखि १२ः३२, अशुभ समय राहु काल ८ः५८ देखि १०ः३२, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – सुख शान्ति र सफलता मिल्ने दिन छ । मिठो भोजन पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्यमा आकर्षण बढ्नेछ । स्वास्थ्य वर्द्धक काममा सफलता मिल्नेछ । यात्रा होला । मान महत्व धन सम्पत्ति पद प्रतिष्ठा बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – व्यस्तता बढ्नेछ । रोकिएको काम बन्नेछ । यश वर्चश्व बढ्नेछ । भागदौड, भ्रमण चलिरहनेछ । खेलकूदमा रुचि बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा नबस्नु उचित हुनेछ । विजयश्री मिल्नेछ तर विवादमा नपर्नु नै उचित हुनेछ । लापर्वाही नगरी योजनानुसार कार्य गर्नु उचित हुनेछ ।

मिथुन राशि – धन मान बढ्नेछ । आयस्रोत बढ्ला । कार्य व्यवसायको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रा होला । सुखशान्ति आरोग्यता आनन्द बढ्नेछ ।

कर्कट राशि – उच्चाधिकारीहरूसित भेटघाट हुनेछ । उन्नति–पदोन्नति हुनेछ । बोली व्यक्तित्वको प्रभाव बढ्ला । धन यश मान महत्व बढ्ला । भोजभत्तेरमा भाग लिनुहुनेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

सिंह राशि – समय शुभ र भाग्यवर्द्धक छ । यात्रा होला । साहसिक कर्ममा आकर्षण बढ्ला । मान सम्मान बढ्नेछ । उनन्ति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – चन्द्रमा राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहने रहनेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु बेस रहला । आर्थिक र स्वास्थ्यसित सम्बन्धित भूलचुकप्रति सचेत रहनुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

तुला राशि – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नुको साथै सुखको वस्तु पनि भेटिनेछ । मान प्रशंसा हुनेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । शुभ कार्य बन्ला । यश वर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख सम्पति वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । मान महत्व सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन पनि मिल्नेछ । विजयश्री प्राप्त होला ।

धनु राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्ला । कार्य क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला । सन्तान सुख मिल्नेछ । साथीभाइको सहयोग समर्थन मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति बढ्ला । विद्या–बुद्धि बढ्ला । प्रेमसम्बन्धी मामलाका काम बन्नेछ ।

मकर राशि – भागदौड व्यस्तता रहनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विवाद आदिमा नपर्नु उचित रहनेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । हरेक प्रकारका जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ राशि – सुख समृद्धि बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आँट उत्साह बढ्नेछ । यात्रापरक कार्य बन्ला । आयस्रोत बढ्ला । लगानी बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन राशि – धन मान गौरव बढ्नेछ । सुख शान्ति समृद्धि बढ्ला । कार्य क्षेत्र र पारिवारिक क्षेत्रमा पनि अनुकूलता बढ्ला । उन्नति–पदोन्नति होला । यश वर्चश्व बढ्नेछ । विजयश्री प्राप्त होला । रोकिएको काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।