- अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ विरोधकृत नामक सम्बत्सर वसन्त ऋतु वि.सं. २०७५ चैत २४ गते तद्अनुसार सन् २०१९ अप्रिल ७ तारीख आइतबार चैत्र शुक्लपक्ष द्वितीया तिथि १५ः३४ पर तृतीया तिथि अश्विनी नक्षत्र ८ः३३ पर भरणी नक्षत्र विषकुम्भ योग तैतिल करण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा काठमाडौंमा सूर्योदय विहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ । शुभ समय अभिजित ११ः४१ देखि १२ः३१ । अशुभ समय राहुकाल १६ः५० देखि १८ः२४ दिशा शूल–पश्चिम ।
आजको राशिफल :
मेष राशि – कार्यमा सफलता मिल्नेछ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । परिवारजनसित मिलेर पिकनिक पार्टी आदि जाने दिन छ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।
बृष राशि – खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । भागदौड चलिरहनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । शारीरिक र आर्थिक जोखिमपूर्ण कार्यप्रति सचेत रहनु उचित होला । खर्च बढ्नेछ । आरोग्यताप्रति ध्यान राख्नुपर्नेछ । आर्थिक कार्यमा सचेत रहनुपर्नेछ ।
मिथुन राशि – यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्व बढ्नेछ । गीत संगीतमा आकर्षण बद्नेछ ।
कर्कट राशि – मान महत्व बढ्ला । भोज भत्तेरमा भाग लिनुहुनेछ । आरोग्यता बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । भागदौड व्यस्तताको प्रतिफल मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । देखापरेको समस्याको समाधान खोज्नु हुनेछ । विवादमा पर्नु र जोखिममा पर्नु उचित हुनेछैन । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।
सिंह राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या राशि – समस्याको समाधान मिल्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । भ्रमण बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नु पर्ला । स्वास्थ्यप्रति पनि सचेत रहनुपर्नेछ ।
तुला राशि – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक राशि – चन्द्रमा छैठौं स्थानमा भ्रमणशील छ । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । उन्नतिपदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि होला ।
धनु राशि – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीत–संगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर राशि – ऋण रोग र शत्रुलाई उपेक्षा नगर्नु उचित होला । नियमकानूनलाई ध्यानमा राख्नु पर्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेट बनाई काम गर्नु बेस रहला ।
कुम्भ राशि – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत वर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन राशि – भागदौड भ्रमण होला । हासविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित होला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु किन्नमा खर्च होला । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत रहनु उचित हुनेछ ।
साताको राशि पनि हेर्नुहोस्-
साताको राशिफल (२०७५ चैत २३-२९, अप्रिल ६-१२, २०१९)
https://ghatanarabichar.com/144583
प्रतिक्रिया