आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०७५ सोमबार, ८ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०७५ सोमबार, ८ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७५ चैत २५ गते सोमबार तद्अनुसार सन् २०१९ अप्रिल ८ तारिख चैत्र शुक्लपक्ष तृतीया तिथि १५ः३२ पर चतुर्थी तिथि भरणी नक्षत्र ९ः१८ पर कृतिका नक्षत्र प्रीति योग १९ः४९ पर आयुष्मान योग वणि करण आनन्दादिमा चर योग चन्द्रमा दिउँसो १५ः२४ बजेसम्म मेष राशिमा पछि बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ । गौरीव्रत्तम्, मत्स्यजयन्ती, मच्छेगाउँ (का.पु.) मत्स्यनारायण मेला । शुभ योग अभिजित– ११ः४१ देखि १२ः३१ । अशुभ योग राहु काल–७ः२२ देखि ८ः५७ दिशा शूल– पूर्व ।

आजको राशि फल :

मेष राशि – दिन शुभ फलदायक रहला । मिठो भोजन मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्च पनि नियन्त्रणमा आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।

बृष राशि – खेलकुद भ्रमणमा रुचि बढ्ला । कठोर परिश्रमले सफलता मिल्नेछ । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तति सुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धनको आवागमन भैरहनेछ ।

मिथुन राशि – धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ, तर विवाद आदिमा नपरी आफ्नै बल–विवेकले काम गर्नु हितकर रहनेछ ।

कर्कट राशि – आँट उत्साह बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व वृद्धि होला । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । साथीभाइको साथ मिल्नेछ ।

सिंह राशि – धर्मकर्ममा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्तति सुख बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धकक कार्यमा प्रवृत्ति त बढ्ला, तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

कन्या राशि – समय मिश्रित फलदायक रहनेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आवागमन भइरहनेछ । केही बढी प्रयास र परिश्रम गर्नुपर्ला तर लागिरहेमा अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । लापर्वाही नगर्नु हितकर रहला ।

तुला राशि – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नती–पदोन्नती हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तति सुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । दायित्वलाई पूरा गर्नुसंगै नयाँ दायित्व पनि प्राप्त होला । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भई अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । अन्न आनन्द बढ्नेछ ।

धनु राशि – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शांति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

मकर राशि – व्यस्तता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । बिवादप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ राशि – आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । ऐश्वर्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ । साथीभाइको सहयोग प्राप्त होला ।

मीन राशि – नियमित काममा सफलता मिल्नेछ तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हासविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नु हुनेछ । आमोद प्रमोदमा रमिरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आफ्नै बल विवेकले काम गर्नु हितकर हुनेछ । आशा उत्साह बढ्ला ।