- अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७५/१२/२६ गते तद्अनुसार सन् २०१९ अप्रिल ९तारिख मंगलबार, चैत्र शुक्लपक्ष चतुर्थी तिथि १४ः५९ पर पञ्चमी तिथि कृतिका नक्षत्र ९ः३३ पर रोहिणी नक्षत्र आयुष्मान योग १८ः३३ पर सौभाग्य योग बब करण आनन्दादिमा गद योग चन्द्रमा वृष राशिमा काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः२५ मा हुनेछ । मंगल ४ व्रतं । शुभ योग अभिजित ११ः४० देखि १२ः३१, अशुभ योग राहुकाल १५ः१५ देखि १६ः२०, दिशा शूल–उत्तर ।
आजको फल :
मेष राशि – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रसन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला ।
बृष राशि – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । परहितमा रूचि बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।
मिथुन राशि – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । विवाद आदिदेखि सचेत भई अरुको भर नपरी आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । खर्च बढ्ला । ऐनकानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । व्यापारमा सफलता मिल्नेछ तर लापर्वाही नहोस् भनेर सचेत रहनु पर्नेछ । सुखको वस्तु नगुमोस् भनेर सचेत रहनुपर्नेछ ।
कर्कट राशि – आय वृद्धि होला । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । आँट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । रसरागमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आरोग्यता वृद्धि होला ।
सिंह राशि – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।
कन्या राशि – शुभ र भाग्यवर्द्धक पथमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकल्षण बढ्ला ।
तुला राशि – धनको आवागमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक राशि – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ भेट्ला । मिठो भोजन मिल्नेछ ।
धनु राशि – कर्म पथमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । राजकाजमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सुख सन्तति बढ्नेछन् ।
मकर राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकुलको काम बन्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । उन्नतिपदोन्नति होला । सुख–शान्ति बढ्नेछ । धर्मकर्ममा रुचि बढ्ला । मान सम्मान प्राप्त होला । पारिवारिक क्षेत्रमा शुभता बढ्ला । आफन्तको साथ मिल्नेछ । रोकिएको काम बन्नेछ ।
कुम्भ राशि – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हासविलासमा आकर्षण रहला । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।
मीन राशि – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हासविलासमा आकर्षण बढ्ला ।
प्रतिक्रिया