आजको पञ्चाङ्ग एवम् राशिफल (२९ चैत २०७५ शुक्रबार, १२ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ चैत २०७५ शुक्रबार, १२ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वि.सं. २०७५ चैत्र २९ गते शुक्रबार तद्अनुसार सन् २०१९ अप्रिल १२ तारिख चैत्र शुक्लपक्ष सप्तमी तिथि १०ः४८ पर अष्टमी तिथि आद्र्रा नक्षत्र ७ः४३ पर पुनर्वशु नक्षत्र अतिगण्ड योग ११ः२६ पर सुकर्म योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः२६ मा हुनेछ । शुभ समय अभिजित ११ः३९ देखि १२ः३०, अशुभ समय राहु काल– १०ः२९ देखि १२ः५, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ र सफलता प्रदायक रहनेछ । आयस्रोत बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नु हुनेछ । । यात्रामा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला ।

बृष राशि – शुभ र आर्थिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । हासविलासमा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन तथापि आफन्तको सहयोग मिल्नेछ ।

मिथुन राशि – शुभ र भाग्यवर्द्धक कार्यमा उत्तम फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा वृद्धि होला । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै सुखमा बृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखा परेर आशा उत्साह बढ्नेछ, तर लापर्वाही नगरी काम गर्नु उचित होला । रसरागमा पनि आकर्षण बढ्ला ।

कर्कटराशि – जोखिममा नपर्नु हितकर रहला । विशेष गरी शारीरिक र आर्थिक जोखिममा नपर्नु हितकर रहला । लापर्वाहीप्रति सचेत रहनुपर्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । बोली र व्यवहारमा नियन्त्रण राख्नु पर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हीतकर हुनेछ ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेम पात्रसित भेटघाट होला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । सुख–समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला राशि – यात्रा होला । सु–आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक राशि – कठोर मिहिनेतले काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । भागदौड भैरहनेछ तथापि यस अवधिभित्र कुनै प्रकारको विकासको रोकिएको काम बन्नेछ । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । खर्च पनि बढ्नेछ । नियम–कानूनको उपेक्षा नगर्नु बेस रहला । स्वाथ्यमा ध्यान राख्नुपर्ला ।

धनु राशि – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर राशि – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ राशि – मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । उन्नतिपदोन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्नेछ । आशा उत्साह बढ्ला । इष्टमित्रको सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत संगीतमा आकर्षण बढ्नेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । हरेक प्रकारले सुख समृद्धि बढ्ला ।

मीन राशि – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण राख्नुपर्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । भुलचुक नहोस् भनेर सचेत रहनुपर्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।