गत वर्ष मार्चमा अमेरिका आउँदा यस्तो हिउँ परेको थियो कि बाहिर निस्कनै मुस्किल हुन्थ्यो । न्युयोर्कमा भारी हिमपातका कारण दुई दिनसम्म स्कुलहरू मात्र होइन धेरैजसो पसलसमेत बन्द थिए । त्यतिबेला मलाई हामीकहाँ अनेक माग राख्दै बन्दको आयोजना गरिन्छ तर यहाँ त प्रकृतिले कहिलेकाहीँ आफंै बन्द गरिदिँदो रहेछ जस्तो लागेको थियो । यसपटक आउँदा गर्मी यति छ कि दिउँसो बाहिर निस्कनै सकिँदैन, न्युयोर्कभन्दा अझ वासिङ्टनमा धेरै गर्मी छ । एकैछिन बिजुली जाने हो भने यहाँका मानिस के गर्थे होला ? जीवन कति कठिन हुन्थ्यो होला ? यही सोच्दै गत बिहीबार वासिङ्टनबाट न्युयोर्कका लागि ढ्रेन चढ्दै गर्दा मानिसहरू ढ्रेनभित्र पसिना पुछिरहेका थिए । धेरैबेरसम्म ढ्रेन गुडेन र चिसो हावा पनि आएन । त्यसको एक दिनअगाडि मात्रै सोही ढ्रेनबाट न्युयोर्कदेखि वासिङ्गटन जाँदा ढ्रेनभित्र एयरकन्डिसन धेरै भएर जाडो नै भएको थियो । ल…आज के भएको हो…भन्दै टे्रनभित्र रहेका मानिस छटपट गर्न थाले, त्यसै पनि ४५ मिनेट ढिलो भएको ढ्रेन एक घन्टा जति पछि बल्ल गुड्यो तर एसी चलेन । ढ्रेन चलेको १५ मिनेटजति पछि यात्रामा रहेका बच्चाहरू रुन थाले, बूढाबूढीहरू धेरै गाह्रो भयो भन्दै छटपटिन थाले, धेरैले मोबाइलबाट के भएको हो भनेर सोध्दै कम्प्लेन गर्न थाले । हुँदाहुँदै गर्मी यति बढी हुन थाल्यो कि मानिसहरू ढ्रेनभित्रै रहेको पसलबाट पानी र आइस किनेर पिउन थाले । खप्नै नसक्ने प्रकारको गर्मीले ढलिहालुँला कि झैं भएपछि मैले आइस किने र हातखुट्टा र टाउकोमा राखेँ, अचम्म त के भने टाउकोमा आइस राख्दा अलिकति पनि चिसोको अनुभूति भएन । यो के भएको यस्तो अब के गर्ने भन्दै मानिसहरू चिच्याउन सुरु गरेपछि एसीमा खराबी आएकोले त्यसलाई बनाउन केही समय लाग्ने हुँदा यात्रुलाई धैर्य गर्नका लागि आह्वान गरियो । मेरो छेउमा बसेकी एउटी अधबैंसे महिला भनिरहेकी थिइन्, ‘मैले ढ्रेनबाट डीसी र न्युयोर्क ओहोर-दोहोर गरेको २३ वर्ष भयो, आजसम्म यस्तो भएको थिएन, यो के अचम्म भएको हो -‘ करिब १ घन्टा १५ मिनेटपछि ढ्रेनको अगाडिको केही डिब्बामा मात्र एसीले काम गरेकाले पछाडि बसेकालाई अगाडि र्सन भनियो । ढ्रेनबाट बाहिर निस्किएर हामी अगाडिको डिब्बामा सर्यौँ, त्यतिबेलासम्ममा धेरैको जिउ ललाकलुलुक भइसकेको थियो । मैले त परिवार, आफन्त, आफूले सुरु गरेका अधुरा काम सबै ससम्झिसकेकी थिएँ, एसी चलेपछि बल्ल बाँचियो जस्तो लाग्यो ।
यात्रामा कहिलेकाहीँ नसोचेको घटना हुन्छ भन्ने कुराको उदाहरण हो यो । केही क्षणअगाडि मात्र लौन यो देशमा एकैछिन बिजुली जाने हो भने के होला – भनेर सोचिरहेकी म त्यस्तो अवस्था भोगिरहेकी थिएँ । अमेरिकामा समयमा कुनै ठाउँमा पुग्नु छ भने मानिसहरू ढ्रेन चढ्छन् । साढे ६ बजे ग्लोबल नेटवर्क फर विमेन पिस बिल्डर्सकी हेलेना र्गोनबर्गसँग न्युयोर्कमा मिटिङ तय भएकोले दिउँसोको दुई बजे वासिङ्टनबाट न्युयोर्कतर्फ लाग्दै थिएँ । सामान्य अवस्थामा भए म ५ बजेर २१ मिनेटमा न्युयोर्कको स्टेसनमा ओरि्लने थिएँ । तर, सुरु र बीचमा गरेर ढ्रेन दुई घन्टा ढिलो भएकाले बालटिमोरबाट फोन गरेर हेलेनासँगको भेटघाट रद्द गरेँ, मेरो कुरा सुनेपछि उनले आज धेरै वर्षपछिको सबैभन्दा गर्मी दिन हो त्यसैले आफ्नो ख्याल गर भनिन् । भोलिपल्ट -जुलाई २३) को न्युयोर्क टाइम्सले १९५७ पछिको सबैभन्दा गर्मी दिन भनेर लेख्यो । शनिबार मेरो अर्कै कार्यक्रम थियो जसका लागि म फेरि न्युयोर्क फर्कंदै थिएँ । आखिर जहाँ भए पनि प्रविधि भनेको प्रविधि नै हो, हरेक कुरा तोकिएको समयमा हुने अमेरिकामा पनि त्यसप्रकारका समस्या हुँदा रहेछन् । यात्रामा म एक्लै थिएँ, बुधबार डीसीतर्फ जाँदा भने सपना प्रधान मल्ल, डा. अरुणा उप्रेती, सबिन श्रेष्ठ र म थियौँ । बाटोमा गफ र काम दुवै गर्दै असाध्यै रमाइलोसँग वासिङ्टन पुगेका थियौँ । एसिया फाउन्डेसनले आयोजना गरेको मानव बेचबिखनसम्बन्धी कार्यक्रमका लागि हामी बिहान ८ बजेको ढ्रेनमा डीसी गएका थियौँ, त्यहाँ पुग्नका लागि तोकिएको ११ बजेर २९ मिनेट जाँदाको समयमा एक मिनेट पनि तलमाथि परेको थिएन । बीचमा टेबुल, वरिपरि बस्ने सिट रहेका ढ्रेनमा फेस टु फेस गरेर बस्दा रेस्टुरेन्टमा बसेजस्तै लागेको थियो । हरेक सिटसँगै बिजुलीको प्लक हुँदोरहेछ, सपनादी ल्यापटप टेबुलमा राखेर काम गर्न थालिहाल्नु भो, हामी भने व्यक्तिगत र व्यावसायिक जीवनका कुरा गर्दै अगाडि बढ्यौँ । सपनादीको जतिबेला पनि कामप्रतिको लगाव देख्दा सपना प्रधान मल्लको ‘नेमफेम’ त्यत्तिकै बनेको होइन जस्तो लाग्यो । आफूले जिम्मा लिएको काम नसकुन्जेल खाने, कसैसँग बोल्नेजस्ता कुराहरू उहाँको प्राथमिकतामा पर्दैनन् । कुनै पनि विषयकी कुशल वक्ता उहाँबाट व्यावसायिक हुनका लागि सिक्नुपर्ने कुरा धेरै छन् । ढ्रेनबाट बाहिर निस्किँदा आगोको रापजस्तै तातो महसुस भएको थियो, त्यस दिन वर्षभरिकै गर्मी दिन रहेछ । गत साल मार्चमा आउँदा अत्यधिक चिसो र हिउँका कारण हुन सक्ने दर्ुघटनाबाट बच्न टेलिभिजनबाट सर्वसाधारणलाई सुरक्षित रहन आह्वान गरिएको थियो, यसपटक आउँदा अत्यधिक गर्मीका कारण आर्इपर्न सक्ने विपत्तिका बारे सचेत गराइँदै थियो । परदेशमा रहँदा यसप्रकारका अनेक मौसमी कठिनाइ भोग्दा मलाई आफ्नो देश स्वर्गझैं लाग्छ ।
अमेरिकाका विभिन्न भागमा धेरै साथी र आफन्त छन्, केहीलाई भेट्न वा टेलिफोनसम्म भए पनि गर्न पाइयो केहीलाई पाइएन । विशेष गरेर डीसीमा बस्ने साथी र आफन्तहरूले त्यति टाढाबाट एक दिनका लागि के आगो लिन आएको – भन्दै कराए, यस्तो गर्मीमा के आगो लानु भने मैले । न्युयोर्कमा कार्यरत माभिक र हेलेनाको व्यवहारले ग्लानि नै महसुस गरायो । माभिकलाई मैले करिब १२ वर्षअघि पहिलोपल्ट उनीहरूले नै आयोजना गरेको कार्यक्रममा बैंककमा भेटेकी हुँ, त्यतिबेला उनी फिलिपिन्समा काम गर्थिन् । एक महिनाअगाडि माभिक र हेलेना काठमाडौं आउँदा अफिसियल कार्यक्रममा बाहेक व्यक्तिगत समय दिन पाइएन, व्यस्तताकैबीच माभिक फर्किए पनि हेलेना केही दिन बसेकी थिइन्, उनीसँग भेट्ने समय मिलाएर पनि कार्यव्यस्तताका कारण मैले भेटघाट रद्द गर्नुपर्यो । न्युयोर्कको व्यस्ततामा शनिबार छुट्टीको दिन (धेरैजसो यहाँका मानिसहरू छुट्टीको दिन इमेल पनि हेर्दैनन्) उनीहरूले मलाई खान बोलाए र हामीले लामै समय कुराकानी गर्यौँ । आखिर साथीहरू भनेको साथी नै हुन् चाहे ती जहाँसुकैका हुन् जस्तो लाग्यो ।
प्रतिक्रिया