आजको पञ्चाङ्ग एवम् राशिफल (१ वैशाख २०७६ आइतबार, १४ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ वैशाख २०७६ आइतबार, १४ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं.२०७६ वैशाख १ गते आइतबार तद्अनुसार सन् २०१९ अप्रिल १४ तारिख चैत्र शुक्लपक्ष प्रतिपदा तिथि ६ः३१ पर चैत्र शुक्लपक्ष द्वित्तिया तिथि अश्लेषा नक्षत्र शूल योग कौलव करण ६ः३१ पर गर करण आनन्दादिमा बज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः४३ बजे भयो र सूर्यास्त साँझ १८ः२८ मा हुनेछ । बैशाखसंक्रांति, नवबर्षारम्भ, टोखा सपनतीर्थ स्नान, कान्तिपुरे चम्पादेवीमेला, भक्तपुरे विश्वध्वज पातनम् । शुभ समय अभिजित– ११ः३९ देखि १२ः३०, अशुभ समय राहुकाल– १६ः३३ देखि १८ः२८, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – धनको आवागमन भइरहनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । खर्च र भ्रमण बढ्नेछ । हास विलासमा पनि रुची बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भाबना बढ्नुसँगै आशा उत्साह बढ्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । मान महत्व ऐश्वर्य बढ्ला ।

बृष राशि – अन्न धन वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – चन्द्रमा द्वितीय स्थानमा भ्रमणशील भएको हुँदा प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ भेट्ने छ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ ।

कर्कट राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । धर्म कर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दुरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शांति बढ्नेछ ।

सिंह राशि – चन्द्रमा बाह्रौँ स्थानमा भ्रमणशील भएको हुँदा कुनै प्रकारको जोखिममा नलाग्नु उचित हुनेछ । शारीरिक र आर्थिक कार्यमा सचेत रहनपर्नेछ । नियम कानुनलाई ध्यानमा राख्नुपर्ला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुहोला । लापर्वाही नगर्दा हितकर रहनेछ । अरुको भरमा नबस्नु बेस होला ।

कन्या राशि – रोकिएको काम बन्नुसँगै नयां काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मिठो भजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । हासविलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ ।

तुला राशि – यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ ।

वृश्चिक राशि – काममा सफलता पाउनुहुनेछ । सत्कर्म पथमा प्रगति होला । भाग्योदय होला । धर्मकर्ममा रुचि बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीत–संगीतमा पनि आकर्षण बढ्नेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु राशि – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हासविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर राशि – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ राशि – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।

मीन राशि – समय शुभ भाग्यवर्द्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्तति सुख बढ्ला ।