आजको पञ्चाङ्ग एवम् राशिफल (६ वैशाख २०७६ शुक्रबार, १९ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ वैशाख २०७६ शुक्रबार, १९ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे परिधावी नाम सम्वत्सर वसन्त ऋतु श्रीशाके १९४१ नेपाल सं. ११३९, वि.सं.२०७६ वैशाख ६ गते तद्अनुसार सन् २०१९ अप्रिल १९ तारिख शुक्रबार चैत्रशुक्लपक्ष पूर्णिमा तिथि चित्रा नक्षत्र हर्षण योग १२ः०० पर बज्र योग भद्रा करण ५ः५७ पर कौलव करणआनन्दादिमा मुशल योग चन्द्रमा कन्या राशिमा ८ः३७ पछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३० बजेमा हुनेछ । शुभ समय ११ः३७ देखि १२ः२९, अशुभ समय राहु काल १०ः२६ देखि१२ः३, दिशा शूल– पश्चिम । पूर्णिमाव्रत, ल्हुतिपुन्हि, बैशाखस्नानारम्भ, देवीयात्रा, हनुमानजयन्ती, बालाजु २२ धारा मेला, लमजुङ यलुङपोखरी मेला, वैतडी गुजर बनारसी मन्दिरमा कोटीहोम मेला समाप्त ।

आजको राशिफल :

मेष राशि – सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख–सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।

बृष राशि – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन राशि – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कर्कट राशि – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

सिंह राशि – दिन लाभदायक र उन्नतिकारक रहला । धन मान सुख समृद्धि बढ्नेछ । यात्रापरक काम बन्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साथीभाइको साथ प्राप्त होला ।

कन्या राशि – मनोकूलको काम बन्नेछ । आर्थिक क्षेत्रसित कार्यमा सफलता मिल्नेछ । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व बढ्ला । सुख शान्ति मिल्नेछ ।

तुला राशि – यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति मिल्ला । उन्नति पदोन्नति हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दित रहनुहुनेछ ।

वृश्चिक राशि – दिन मिश्रित फलदायक रहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भुलचुकप्रति सचेत रहनुपर्नेछ । हांसविलासमा रुचि बढ्नेछ । खर्च र लगानी बढ्ला । योजना र बजेट बनाई कार्य गर्नु हितकर रहला । नियमकानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन । जोखिममा नपर्नु बेस रहला ।

धनु राशि – सुख समृद्धि मान यश महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । अन्न धन बढ्नेछ । आय स्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै लगानी लगाइएको धन उठ्ला । साझेदारीको काम बन्नेछ । जीवनसाथीको पनि सहयोग समर्थन मिल्नेछ ।

मकर राशि – आरोग्यता बढ्ला । मनोकूलको काम बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक प्रगति पनि हुनेछ । मान महत्व बढ्नेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला ।

कुम्भ राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । यात्रा होला । धर्म कर्ममा रुचि बढ्ला । ख्याति फैलिनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीन राशि – नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । भागदौड व्यस्तता बढ्ला । चोटपटकप्रति सचेत रहनुपर्ने छ । स्वास्थ्यसित सम्बन्धित कुरामा ध्यान राख्नुपर्नेछ । अनावश्यक यात्रा हुने र अनावश्यक विवादमा परिने कार्यप्रति सचेत रहनुपर्नेछ ।