आजको पञ्चाङ्ग एवम् राशिफल (८ वैशाख २०७६ आइतबार, २१ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ वैशाख २०७६ आइतबार, २१ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७६ वैशाख ८ गते आइतबार तद्अनुसार सन् २०१९ अप्रिल २१ तारिख वैशाख कृष्णपक्ष द्वितीया तिथि १४ः२९ पर तृतीया तिथि विशाखा नक्षत्र सिद्ध योग ७ः३३ पर व्यतिपात योग गर करण १४ः२९ पर भद्रा करण आनन्दादिमा उत्पात योग । चन्द्रमा तुला राशिमा दिउँसो १३ः९ सम्म पछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज विहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३१ मा हुनेछ । छन्द दिवस, त्रिपुष्कर योग दिउँसो १४ः२९ सम्म रहनेछ । शुभ समय अभिजित १३७ देखि १२ः२९ । अशुभ समय राहु काल– १६ः५४ देखि १८ः३२, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । वार्तामा सफलता भेटिनेछ । मान सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्त सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा रुचि बढ्ला । उतराद्र्धदेखि जोखिमपूर्ण कार्यदेखि सचेत रहनुपर्नेछ ।

बृष राशि – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । मान गौरव बढ्नुसँगै वार्तामा पनि सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसँगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । विजयश्री मिल्नेछ ।

मिथुन राशि – भाग्योदय होला । बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीतसंगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट राशि – रसरागमा आकर्षण बढ्नेछ । स्वास्थ्य र चोटपटकप्रति ध्यान राख्नुपर्नेछ । खर्च र भागदौडमा नियन्त्रण राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु शुभ होला । आफन्तको सहयोग मिल्नेछ । जोखिमप्रति सचेत भई काम गर्नु उचित हुनेछ । उतराद्र्धदेखि अनुकूलता बढ्ला । इष्टमित्र प्रेमपात्र सन्तानसितको शुभता बढ्नेछ ।

सिंह राशि – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान बर्चश्व बढला । जीवनसाथीको सहयोग मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

कन्या राशि – साहसिक कर्ममा रुचि बढ्ला । उन्नति पदोन्नति होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आर्थिक कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीत–संगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । धर्मकर्ममा प्रवृत्ति बढ्ला । ख्याति फैलिनेछ । नियम–कानूनको साथ मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सार्थक कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि – पूर्वाद्र्धमा खर्च भ्रमण होला । भागदौड् बढ्नेछ । उत्तराद्र्धमा सफलता प्राप्त होला । मिठो भोजन खान पाउनुहुनेछ । साझेदारीको कार्यमा सफलता मिल्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । नियमकानूनको साथ मिल्नेछ । सम्पन्नता वृद्धि हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

धनु राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलामा प्रवृत्ति होला । दूरदेशबाट शुभ समाचार मिल्नेछ । उत्तराद्र्धपछि खर्च भ्रमण बढ्नेछ ।

मकर राशि – आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।

कुम्भ राशि – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्र, सन्तान एवम् प्रेमपात्रको साथ मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन राशि – पूर्वाद्र्धतिर त्यति अनुकूलता रहनेछैन । जोखिममा नपर्नु हितकर रहला । उत्तराद्र्धदेखि शुभता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भर नबसी आफ्नै बल–विवेकले काम गर्नु हितकर होला । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।

साताको राशिफल पनि हेर्नुहोस्–

साताको राशिफल (वैशाख ७–१३, २०७६, सन् २०१९ अप्रिल २०–२६)
https://ghatanarabichar.com/146220