लण्डन । यही १५ सेप्टेम्बर २०१३ मा सम्पन्न हुन गइरहेको गैरआवासीय नेपाली संघ यूकेको पाँचौ महाधिबेसन निम्न स्थानमा सम्पन्न हुने गरी परिवर्तन गरिएकोले यहाँहरूको जानकारिको लागि गैरआवासीय नेपाली संघले यो सूचनाका प्रकाशित गरेको छ। उक्त महाधिबेसनमा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध संस्थाले गरेको छ ।
समयः उद्घाटन सत्र बिहान ११०० बजे
साधारण सभा: अपरान्ह १३०० बजे,
सांस्कृतिक कार्यक्रमः साँझ १७०० बजे
स्थानः Alperton Community School, Ealing Rd, Middlesex HA0 4PW
गैरआवासीय नेपाली संघ यूके छैठौ कार्यसमिति निर्बिरोध निर्बाचित भएको सहस्र जानकारी उक्त संस्थाले गराएको छ । संघको सदस्यता लिन चाहने महानुभावहरूले जुनसुकै समयमा आफ्नो सदस्यता फारम हुलाकद्वारा पठाउन सक्ने व्यवस्था सदैव कायम छ नै तथापि यहाँहरू कसैलाई भौतिक रुपमा उपस्थित भई सदस्यता दर्ता गराउन चाहाना भएमा, यहाँहरूको सहजताको लागि निम्न मिति, समय र स्थानमा दर्ता गर्न सक्ने ब्यवस्था गरिएको जानकारि पनि यही सूचनामार्फ संस्थाले गराएको छ ।
मितिस् १४ सेप्टेम्बर २०१३
समयस् बिहान ११०० देखि दिनको १४००
स्थान : ABI College
80 London Street Reading
RG1 4GJ
स्मरणीय रहोस्, गैरआवासीय नेपाली संघ यूकेमा अहिले दुई धार वा समूह छन्, त्यो योगेन क्षेत्री समूह र अर्को महेन्द्र कँडेल समूह हुन् । एकको अधिवेशन इलिंगमा र अर्को प्लम्स्टेडमा हुने भनिएको छ । -सम्पादक
प्रतिक्रिया