खानीमा पुरिएर पचास बढी श्रमिक बेपत्ता

खानीमा पुरिएर पचास बढी श्रमिक बेपत्ता


म्यानमारको उत्तरी काचिन राज्यस्थित एक पथ्थर खानीमा गएको पहिरोमा परी ५० जनाभन्दा बढी श्रमिक बेपत्ता भएका छन् ।

सोमबार राति सुतिरहेको अवस्थामा खानीका लागि निर्माण भएको एक बाँध भत्किएर पहिरो जाँदा उनीहरूलाई बगाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

पहिरोमा परी ५४ जना हराइरहेका र हराएका श्रमिक जीवितै रहने सम्भावना क्षीण रहेको प्रहरीले मंगलबार जानकारी दिएको हो ।