आजको पञ्चाङ्ग एवम् राशिफल (१२ वैशाख २०७६ बिहीबार, २५ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ वैशाख २०७६ बिहीबार, २५ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योत्तरायणे श्रीशाके १९४१ वसन्त ऋतु नेपाल सं. ११३९ वि.सं.२०७६ वैशाख १२ गते तद्अनुसार सन् २०१९ अप्रिल २५ तारिख बिहीबार वैशाख कृष्णपक्ष षष्ठी तिथि १४ः५४ पर सप्तमी तिथि पूर्वाषाढा नक्षत्र सिद्धि योग वणि १४ः५४ पर बब करण आनन्दादिमा धाता योग चन्द्रमा धनु राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः३३ मा हुनेछ । भद्रा १४ः५४ देखि आरम्भ भई राति ३ः३० बजेसम्म रहनेछ । धनु राशिको भद्रा पताललोकमा रहने हुँदा अति आवश्यक काम गर्न सकिन्छ । शुभ समय अभिजित ११ः३६ देखि १२ः२८, अशुभ समय राहु काल १३ः४० देखि १५ः१८, दिशा शूल– दक्षिण ।

आजको राशिफल :

मेष राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख शान्ति र सफलता मिल्ने छ । मिठो भोजन पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्यमा आकर्षण बढ्नेछ । स्वास्थ्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रा होला । मान महत्व धन सम्पत्ति पद प्रतिष्ठा बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – व्यस्तता बढ्नेछ । रोकिएको काम बन्नेछ । यश वर्चश्व बढ्नेछ । भागदौड, भ्रमण भैरहनेछ । खेलकूदमा रुचि बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा नबस्नु उचित हुनेछ । विजयश्री मिल्नेछ, तर विवादमा नपर्नु नै उचित हुनेछ । लापर्वाही नगरी योजनानुसार कार्य गर्नु उचित हुनेछ ।

मिथुन राशि – धन मान बढ्नेछ । आयस्रोत बढ्ला । कार्य व्यवसायको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रा होला । सुखशान्ति आरोग्यता आनन्द बढ्नेछ ।

कर्कट राशि – उच्चाधिकारीहरुसित भेटघाट हुनेछ । उन्नति पदोन्नति हुनेछ । बोली व्यक्तित्वको प्रभाव बढ्ला । धन यश मान महत्व बढ्ला । भोज भत्तेरमा भाग लिनुहुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बलियो बन्नेछ ।

सिंह राशि – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेममा सफलता मिल्नेछ । यात्रा होला । साहसिक कर्ममा आकर्षण बढ्ला । मान सम्मान बढ्नेछ । उनन्ति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – चन्द्रमा राशिदेखि चतुर्थ स्थानमा भ्रमणशील रहने रहनेछ । कुनैपनि प्रकारको लापर्वाही नगर्नु बेस रहला । आर्थिक र स्वास्थ्यसित सम्बन्धित भूलचुकप्रति सचेत रहनुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । अरुको भर नपरेमा हितकर होला ।

तुला राशि – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नुको साथै सुखको वस्तु पनि भेटिनेछ । मान प्रशंसा हुनेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । शुभ कार्य बन्ला । यश वर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख सम्पत्ति वृद्धि होला । पारिवारीक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । मान महत्व सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन पनि मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला ।

धनु राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्ला । कार्य क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला । सन्तान सुख मिल्नेछ । साथीभाइको सहयोग समर्थन मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति बढ्ला । विद्या बुद्धि बढ्ला । प्रेमसित सम्बन्धित काम बन्नेछ ।

मकर राशि – भागदौड व्यस्तता रहनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विवाद आदिमा नपर्नु उचित रहनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । हरेक प्रकारका जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ राशि – सुख समृद्धि बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आँट उत्साह बढ्नेछ । यात्रापरक कार्य बन्ला । आयस्रोत बढ्ला । लगानी बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन राशि – धन मान गौरव बढ्नेछ । सुख शान्ति समृद्धि बढ्ला । कार्य क्षेत्र र पारिवारिक क्षेत्रमा पनि अनुकूलता बढ्ला । उन्नतिपदोन्नति होला । यश वर्चश्व बढ्नेछ । विजयश्री प्राप्त होला । रोकिएको काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।