- अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंस ज्योतिषाचार्य
साताको चाडपर्व
शनिबार– गोरखकाली पूजा । मंगलबार– वरूथिनी एकादशीव्रतम् । बुधबार– अन्तर्राष्ट्रिय श्रमिक दिवस । विहीबार– प्रदोषव्रतम् । शुक्रबार– मातातिचस्ह्रेपूजा, अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस ।
साताको राशिफल
मेष राशि – साताको प्रथम र दोस्रो दिन आँट उत्साहवर्द्धक र उन्नतिकारक रहलान् । रोकिएको धन उठ्ला र नयाँ आयस्रोत खुल्नेछ । रोकिएको काम बन्नेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । सुख आनन्द बढ्ला । सोमबार र मंगलबारतिर मान–महत्व बढ्नेछ । अन्नधन बढ्नेछ । समस्याको समाधान मिल्नेछ । दायित्व बढ्ला । कठोर प्रयास र परिश्रमले मनोकूलको काम बन्नुसँगै विजयश्री मिल्नेछ । लगानी उठ्ला । बुधबार, विहीबार र शुक्रबारतिर प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्द बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुलाई उपेक्षा नगर्नु उचित होला । मिठो भोजन मिल्ला ।
बृष राशि – साताको अघिल्लो दुई दिन शुभ फलदायक रहनेछन् । शारीरिक र आर्थिक क्षेत्रसित सम्बन्धित कार्यमा लाग्नु बेस रहला । ऐन–कानूनले साथ दिनेछ । धन यश मान महत्व बढ्नेछ । सोमबार र मंगलबारतिर व्यस्तता बढ्नेछ । मिहीनेतको बलले समस्याको समाधान मिल्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति धन मान महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । उनन्ति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्ला । बुधबार, विहीबार र शुक्रबारतिर अन्न धन वृद्धिकारक रहला । सुख शान्ति बढ्नेछ । यात्रापरक काम बन्नेछ । रोकिएको धन प्राप्त हुनेछ । खेलकूद भ्रमण कार्यमा रूचि बढ्नेछ । नयांँ दायित्व मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । मान–सम्मान बढ्नेछ । सुख समृद्धि बढ्नेछ । मिठो भोजन खान पाइनेछ । आय वृद्धि होला । लगानी उठ्नेछ ।
मिथुन राशि – शनिबार र आइतबारतिर बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कठोर श्रमले सफलता मिल्ला । प्रयासरत कार्यमा सफलता प्राप्त होला । समस्याको समाधान होला । सोमबार र मंगलबार आरोग्यता बढ्नेछ । विजयश्री प्राप्त होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । बुधबार, विहीबार र शुक्रबारतिर सुख सम्पति मान महत्व बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्ला । जीवनसाथीको सहयोग प्राप्त होला । उन्नति–पदोन्नति होला । राजकीय कार्य बन्ला । बिजयश्री मिल्नेछ ।
कर्कट राशि – शनिबार र आइतबार आरोग्यता दायक रहनेछन् । सुख आनन्द धन यश मान ऐश्वर्य बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । सोमबार र मंगलबारतिर जोखिममा नपर्नु उचित होला । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । बाँकि तीन दिन आरोग्यतावर्द्धक र सफलता प्रदायक सावित हुनेछन् । धन सम्पत्ति मान महत्व सुख आनन्द पनि वृद्धि हुनेछ । उनन्ति–पदोन्नति हुनेछ ।
सिंह राशि – साताका प्रारम्भिक दुई दिन धन मान आरोग्यता प्रदायक रहनेछन् । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक कलह शान्त हुनेछ । देखापरेको समस्या समाधान हुनेछ । विकासको नयाँ अवसर आउनेछ । आशा उत्साह बढ्ला । तेस्रो र चौंथो दिनमा उन्नति–पदोन्नति हुनेछ । मनोकुलको काम बन्नेछ । विजयश्री प्राप्त होला । अन्न धन बढ्नेछ । कार्यमा सफलता मिल्नेछ । सन्तति सुख वृद्धि होला । शैक्षिक र रचनात्मक कार्य बन्नेछ । अन्तिम तीन दिनमा जोखिमप्रति सचेत रहनुपर्नेछ ।
कन्या राशि – साता सफलतादायक र सुखवर्द्धक रहनेछ । उन्नति–पदोन्नति हुनेछ । विकासको नयाँ अवसर पनि प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अन्तिम तीन दिनमा यश वर्चश्व बढ्नेछ । सफलता प्राप्त होला । भागदौड चलिरहला । बढी परिश्रम गर्नु परे पनि सफलता प्राप्त हुनेछ । सुख आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
तुला राशि – साता शुभ र सफलताप्रदायक रहलान् । आर्थिक क्षमता वृद्धि हुनेछ । सुख शान्ति समृद्धि प्राप्त हुनेछ । यात्रा होला । इष्टमित्रको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । विशेष गरी शनिबार र आइतबारतिर अरुको भरमा बस्नु र जोखिममा पर्नु उचित नहोला । संयम र विवेकले कार्य गर्नु उचित होला ।
वृश्चिक राशि – शनिबार र आइतबारको उत्साह वृद्धि हुनेछ । भागदौड लागि रहला । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै विविध नयाँ सफलता हासिल हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । महत्वपूर्ण काम बन्ला । आरोग्यता बढ्नेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको कार्य बन्ला । सोमबार र मंगलबारको भागदौड चलिरहला । बुधबार, विहीबार र शुक्रबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेमपथमा प्रगति होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सम्पति मान महत्व वृद्धि होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
धनु राशि – शुरुका दुई दिनमा कार्यमा सफलता मिल्नुको साथै आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि पनि वृद्धि होला । रोकिएको काम बन्नुसँगै लगानी पनि उठ्नेछ । तेस्रो र चौथो दिनमा हांसविलास आदिमा आकर्षण बढ्नेछ । आयस्रोत वृद्धि होला । धनसमृद्धि बढ्नेछ । धन सम्पत्ति वृद्धि होला । मान पुरस्कार प्राप्त होला । पाँचौं, छैठौं र सातौँ दिनमा भागदौड बढ्नेछ । खर्च वृद्धि होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।
मकर राशि – साता शुभ र उन्नतीकारक छ । मान यश पद प्रतिष्ठा सुख सम्पति बढ्ला । कारोबारको क्षेत्रमा सफलतासँगै सुख आनन्द पनि वृद्धि हुनेछ । पाचौं र छैठौँ दुई दिनमा विकासको नयाँ सम्भावना देखापर्ला । सफलता र समृद्धि प्राप्त होला । अन्तिम दिनमा शुभता बढ्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । सुख आनन्द बढ्नेछ ।
कुम्भ राशि – शनिबार र आइतबार भागदौड बढ्ला । खेलकूदमा रुचि बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । सोमबार र मंगलबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्रा होला । महत्वपूर्ण सफलता प्राप्त होला । कार्यमा सफलता मिल्नुको साथै सुख समृद्धि बढ्नेछ । यात्रा होला । मिठो भोजन मिल्नेछ । सुख शान्ति वृद्धि होला । बुधबार, विहीबार र शुक्रबारको मनोकूलको काममा सफलता मिल्नेछ । मान महत्व बढ्ला । अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । वार्तामा सफलता मिल्नुसँगै मान पुरस्कार प्राप्त होला ।
मीन राशि – शनिबार र आइतबारतिर आय वृद्धि होला । लगानी उठ्नेछ । सोमबार र मंगलबारतिर भागदौड र खर्च बढ्ला । लापर्वाही नगर्नु उचित हुनेछ । बुधबार, बिहीबार र शुक्रबारतिर भाग्योदय होला । मान पुरस्कार प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रुचि बढ्नेछ । मनोकूलको काम बन्ला । नयाँ काम बन्नुको साथै नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । मान–महत्व पनि बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख शान्ति वृद्धि हुनेछ ।
प्रतिक्रिया