स्त्री-चौपायामाथि व्यभिचार गरेपछि…

स्त्री-चौपायामाथि व्यभिचार गरेपछि…


विभिन्न जनावरसँग शारीरिक सम्बन्ध राखेको अभियोग प्रमाणित भएका तीन व्यक्तिलाई अमेरिकामा २० देखि ४१ वर्षसम्मको जेल सजाय सुनाइएको छ । अभियुक्तहरूले घोडी, बाख्री, गाई र कुकुर्नीसँग लगातार पाँच वर्षसम्म ‘सेक्सुअल रिलेसन’ राखेका थिए । पाँच वर्षको दर्मियानमा बाह्र स्त्री चौपाया यी पात्रहरूको सिकार बनेका थिए ।

पेन्सिलभेनियाको क्लिअरफिल्ड काउन्टीमा जेल सजाय सुनाइएका पशु–बलात्कारीहरूमा ३१ वर्षीय म्याथ्यु ब्रुबेकर, ३४ वर्षीय मार्क मिसनिकोफ र ४१ वर्षीय टेरी वालेस रहेका छन् । तीनै अभियुक्तले अदालतसमक्ष पाँच वर्ष अवधिभर विभिन्न स्त्री–चौपायाको बलात्कार गरेको अपराध स्वीकार गरेका थिए । उनीहरूले पशुमाथि करणी गर्दैगर्दा कैयनपटक भिडियो तयार गरेको खुलासासमेत गरेका थिए ।

अभियुक्तहरूका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले उनीहरूको अन्य कुनै आपराधिक रेकर्ड नभएको तर्क दिँदै सजाय कम गरिनुपर्ने तर्क गरे पनि अदालतले यो मामला अत्यन्त घृणित र निन्दनीय भन्दै त्यति लामो अवधिको जेल सजाय सुनाएको हो । घटनाको खुलासा भएलगत्तै जनावरका अधिकार र सुरक्षासँग जोडिएका विभिन्न सङ्घ–संस्थाले तीव्र विरोध जनाउँदै कठोर कारबाहीको माग गरेका थिए । फलतः जनावरमाथि गरिएको दुव्र्यवहारको अत्यन्त गम्भीर मामला भन्दै उनीहरूलाई गत अगस्टमा प्रहरी हिरासतमा लिइएको थियो ।